+

सम्झौता नवीकरणका लागि मेस्सी र बार्सिलोना संवादमा

२०७६ मंसिर  १ गते ११:४३ २०७६ मंसिर १ गते ११:४३
सम्झौता नवीकरणका लागि मेस्सी र बार्सिलोना संवादमा

काठमाडौं । अर्जेन्टिनी सुपरस्टार लिओनल मेस्सीको बार्सिलोनासँगको सम्झौता सन् २०२१ सम्म छ । तर नयाँ सम्झौता नभएका कारण पाँचपटकका बालोन डि’ओर विजेता मेस्सी बार्सिलोनामा रहने विषयमा प्रश्न उठ्न थालेको छ ।

बार्सिलोनाका स्पोर्टिङ डाइरेक्टर एरिक एल्बिडालले मेस्सीको सम्झौता नवीकरण क्लबको प्राथमिकतामा रहेको संकेत गरे । ‘उनी (मेस्सी) हाम्रा लागि महत्त्वपूर्ण खेलाडी हुन्’ उनले एक पत्रकारसँग कुरा गर्दै भनेका छन्, ‘र, अहिलेको सम्झौता अनुसार उनी सम्झौता अवधिको अन्त्यमा क्लब छाड्न सक्छन् ।’

उनले अघि भने, ‘तर मलाई थाहा छ क्लब अध्यक्षले सम्झौता सदाका लागि गर्ने कुरा गरिरहनु भएको छ ।’

यद्यपि, निर्णय मेस्सीको हातमा रहेको उनले बताए ।

३२ वर्षीय मेस्सीले बार्सिलोनाबाट डेब्यु गरेको गत महिनामात्र १७ वर्ष पूरा भएको छ । १७ वर्षको उमेरमा डेब्यु गरेका उनले ६९८ खेलमा ६०० गोल गरिसकेका छन् । उनले बार्सिलोनाबाट कीर्तिमानी ३४ उपाधि जितेका छन्, जसमा १० ला लिगा, चार च्याम्पियन्स लिग र ६ कोपा डेल रे पनि पर्छ ।

उनले अहिलेसम्म ८ पटक बार्सिलोनासँगको सम्झौता नवीकरण गरेका छन् । पछिल्लोपटक नोभेम्बर २०१७ मा भएको थियो र, रिलिज क्लज ७०० मिलियन पाउण्ड छ ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय