
१ मंसिर, वीरगञ्ज । जबरजस्ती करणी मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले बाराबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाराको कोहल्बी नगरपालिका-२ बस्ने करिब ४५ वर्षीय बलराम खनाल रहेका छन् । इलाका प्रहरी कोहल्बीबाट खटिएको प्रहरीले उनलाई शनिबार साँझ पक्राउ गरेको हो ।
जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत बाराले उनलाई १ वर्ष ६ महिना कैदको फैसला सुनाएको थियो । खनाललाई नियन्त्रणमा लिएर घटनाकाबारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4