+

टी–१० लिगमा पारसको टिमको पहिलो जित

२०७६ मंसिर  १ गते १९:१८ २०७६ मंसिर १ गते १९:१८
टी–१० लिगमा पारसको टिमको पहिलो जित

१ मंसिर, काठमाडौं । टी–१० लिगमा पारस खड्का सम्मिलित टिम अबुधावीले पहिलो जित हात पारेको छ ।

आइतबार भएको खेलमा अबुधावीले नर्दन वारियर्सलाई ६ विकेटले हराएको हो । वारियर्सले दिएको ९३ रनको लक्ष्य अबुधावीले ८.३ ओभरमा ४ विकेट गुमाएर भेट्टायो ।

उसका लागि लुक राइटले ४८ रन बनाए भने कप्तान मोइन अलीले ३० रन । छैटौं नम्बरमा ब्याटिङ गर्न गएका नेपालका पूर्व कप्तान पारस खड्काले भने मात्र एक बल सामना गरे र एक रनमा अविजित रहे ।

यसअघि पहिले ब्याटिङ गरेको नर्दन वारियर्सले १० ओभरमा एक विकेट गुमाएर ९२ रन बनाएको थियो । उसका लागि आन्द्रे रसेलले अविजित ३७ र साम बिलिङले ३५ रन बनाए ।

यसअघि पहिलो खेलमा टीम अबुधाबी अंक बाँडेको थियो ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय