Comments Add Comment

आलमको धम्की- प्रहरीलाई हत्कडी लगाउँछु, मान्छे मार्छु

२ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सेना फिर्ता गर्न भारतलाई गरेको आग्रह आजका सबै दैनिक पत्रिकाहरूको प्राथमिकतामा परेको छ । यसबाहेक मन्त्रिपरिषद् पुनर्गठन, प्रहरीलाई आफताब आलमले दिएको धम्की, उपत्यकाको वायु प्रदूषणलगायत विषयलाई पनि पत्रपत्रिकाहरूले छापेका छन् ।

‘आलमको धम्की’ शीर्षकमा कान्तिपुरले जेल चलान गरिएका पूर्वमन्त्री तथा रौतहट–२ का कांग्रेस सांसद् मोहम्मद आफताब आलमले प्रहरीकै सामुन्ने मान्ने मार्ने धम्की दिएको लेखेको छ । यति मात्रै होइन, उनले प्रहरीलाई नै हत्कडी लगाइदिने र हजारौं मानिस उपस्थित गराएर जिल्ला अशान्त बनाउनेसमेत धम्की दिएका छन् ।

असोज २६ मा पक्राउ परेका आलमलाई जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षमा लैजाने क्रममा उनले प्रहरीसँग भनाभन गर्दै धम्की दिएका हुन् ।

कान्तिपुरले लेखेको छ– डीएसपी नवीन कार्कीको नेतृत्वमा खटिएको टोलीले राजपुरको इद्रिस गेटनजिकैबाट उनलाई पक्राउ गरेको थियो । त्इतिबेला डीएसपी साब जरुरी काम छ । अहिले म वारात (जन्ती) जान्छु । यस विषयमा पछि कुरा गरौंला भन्दै उनी उम्किन खोजेका थिए । त्यसपछि आफूलाई पक्राउ गरेर ठूलो गल्ती गरेको भन्दै डीएसपी कार्की र रौतहट प्रहरी प्रमुख एसपी भूपेन्द्र खत्रीलाई आफू छुटेपछि हत्कडी लगाइदिने धम्की उनले दिएका हुन् ।

नेपाली भूमिबाट सेना फिर्ता लैजान प्रधानमन्त्री केपी शर्मा ओलीले भारतलाई गरेको आग्रह र मन्त्रिपरिषद् पुनर्गठनबारे पनि कान्तिपुरले चर्चा गरेको छ । त्यस्तै, भारतलले नेपाली भूभाग मिचेको भनेर चिनियाँ अध्ययन केन्द्रले निकालेको निष्कर्षलाई निष्कर्षलाई कान्तिपुरले भित्री पृष्ठमा समेटेको छ ।
हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment