Comments Add Comment

४ वियर उद्योगलाई क्षमता वृद्धिको प्रारम्भिक स्वीकृति

२ मंसिर, काठमाडौं । ४ स्वदेशी बियर उत्पादक कम्पनीको क्षमता विस्तारका लागि पुँजी बढाउने प्रस्ताव स्वीकृत भएको छ । सिजी, यती, हिमालयन र टाइगर ब्रुअरीले क्षमता विस्तारका लागि माग गरेको प्रस्तावमा उद्योग मन्त्रालयले प्रारम्भिक स्वीकृति प्रदान गरेको हो ।

उद्योग मन्त्रालयअन्तर्गतको औद्योगिक तथा लगानी प्रवद्र्धन बोर्ड बैठकले यस्तो निर्णय गरेपछि पुँजी वृद्धि प्रस्ताव गरेका उद्योगहरू कागजात पुर्याउने प्रक्रियामा छन् ।

उद्योगहरुको सुरुआती अवस्था र अहिलेको क्षमता विस्तार प्रस्तावको मूल्याङ्कन हुने विभागले जनाएको छ । उद्योगहरूको वातावरणीय प्रभाव मूल्याङ्कन, करका विषय तथा प्राविधिक अवस्थाबारे मेकानिकल इन्जिनियरसहितको विभागको टोलीले स्थलगत अनुगमन गरी अन्तिम स्वीकृति प्रदान गर्ने विभागका निर्देशक प्रेम लुइँटेलले बताए ।

प्रस्तावित क्षमता विस्तार

हाल ८० हजार हेक्टोलिटर बियर उत्पादन गरिरहेको हिमालयन ब्रुअअरीले आफ्नो उत्पादन क्षमता १ लाख ५० हजार हेक्टोलिटर बनाउन चाहेको छ । यो कम्पनीले आइसवर्ग, काठमाण्डु र कमाण्डो ब्राण्डका बियर उत्पादन गर्दै आएको छ । यस्तै यती ब्रुअरीले वार्षिक एक लाख हेक्टोलिटर क्षमता बढाएर १० लाख हेक्टोलिटरसम्म बिस्तार गर्ने बताएको छ । उक्त कम्पनीले अर्ना नामको बियर उत्पादन गर्दै आएको छ ।

सिजी ब्रुअरीले मासिक २ लाख ५० हजार कार्टुनको वर्तमान उत्पादनलाई ७ लाख ५० हजार कार्टुनसम्म उत्पादन हुने गरी विस्तार गर्न चाहेको छ । यस्तै टाइगर्स ब्रुअरीले वार्षिक उत्पादन क्षमता ८० हजार हेक्टोलिटर बनाउन माग गरेको छ । यो कम्पनीले टेन्सवर्ग र लण्डन आइस नामक बियर उत्पादन गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment