Comments Add Comment

बैंकर्स संघको नेतृत्व चयन मंसिर १९ गते

३ मंसिर, काठमाडौं । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको संस्था नेपाल बैंकर्स संघको निर्वाचन म‌ंसिर १९ गते हुने भएको छ ।

संघको चुनावका लागि कार्यकारी निर्देशक अनिल शर्मा निर्वाचन समितका संयोजक तोएिका छन् । शर्माका अनुसार संघको नयाँ नेतृत्वका लागि  १७ गते नै उम्मेदवारी दिनुपर्नेछ ।

उम्मेदवारी फिर्ता लिने, दावी विरोध गर्ने र अन्तिम नामावली प्रकाशन १८ गते नै हुनेछ । नयाँ कार्यसमितिको अध्यक्षमा हालका अध्यक्ष ज्ञानेन्द्र ढुंगाना नै दोहोरिने सम्भावना रहेको सं‌घ स्रोत बताउँछ ।

यसअघिका अध्यक्ष अनिलकेशरी शाह पनि दुई कार्यकाल अध्यक्ष चयन भएका थिए । यद्यपि, बैंक नै छाड्नुपरेका कारण दोस्रो कार्यकाल पुरै संघको अध्यक्ष हुन पाएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment