+
+
Shares

१५ वर्षदेखि वन मुद्दाका फरार अभियुक्त पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर ३ गते २०:२३

३ मंसिर, वीरगञ्ज । बाराबाट प्रहरीले वन मुद्दामा १५ वर्षदेखि फरार अभियुक्तलाई पक्राउ गरेको छ । जितपुर सिमरा उपमहानगरपालिका वडा नं १९ बस्ने  प्रयाग नुनिया पक्राउ परेका हुन् ।

वन मुद्दामा दोषी ठहर गर्दै बारा जिल्ला अदालतले २०६१ चैत १६ गते नुनियाविरुद्ध १ वर्ष कैद सजायको फैसला गरेको थियो । त्यसबेलादेखि नै फरार रहेका उनलाई सोमबार इलाका प्रहरी कार्यालय सिमराबाट गएको टोलीले लुकीछिपी बसेको अवस्थामा फेला पारेको थियो ।

नुनियालाई बारा जिल्ला अदालतमा पेश गरी अदालतको आदेशले तोकिएको कैद भुक्तानका लागि कारागार कार्यालय वीरगञ्ज पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?