Comments Add Comment

पर्साबाट २ लाख ६६ हजारको सामान र बलेरो बरामद

३ मंसिर, वीरगञ्ज । सशस्त्र प्रहरीले वीरगञ्जबाट २ लाख ६६ हजार मुल्य बराबरको हार्डवेयरका सामान तथा भारतीय नम्बर प्लेटको बलेरो बरामद गरेको छ ।

वीरगञ्ज भन्सार कार्यालयमा राजश्व तथा भन्सार गस्ती सुरक्षाका लागि खटिएको टोलीले मंगलबार उक्त परिमाणको सामान बरामद गरेको हो । मंगलबार दिउँसो २ बजेतिर सशस्त्र प्रहरी बल नेपाल १४ नं गुल्म हेड क्वाटरबाट खटिएको मोबाइल गस्ती टोलीले समान बरामद गरेको थियो ।

त्यसैगरि वीरगञ्ज महानगरपालिका वडा नं १६ इनर्वाबाट भारतीय बलेरो बरामद भएको छ । नेपालबाट भारततर्फ जाँदै गरेको बोलेरो छोडेर मानिसहरु भागेका थिए । चेकजाँचको क्रममा कुनैपनि कागजपत्र फेला नपरेपछि चोरी पैठारीको हुन सक्ने आशंकामा नियन्त्रणमा लिईएको सशस्त्र प्रहरी नायब उपरीक्षक अमर खत्रीले जानकारी दिए ।

बलेरोको मुल्य अन्दाजी १० लाख अनुमान गरिएको छ । बरामद गरिएको हार्डवेयरका सामान र बलेरो आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment