Comments Add Comment

सिद्धबाबामा सुरुङमार्गलाई १० अर्ब दिन अर्थ मन्त्रालयको सहमति

२ मंसिर, काठमाडौं । सरकारले सिद्धार्थ राजमार्गको सिद्धबाबामा सुरुङमार्ग बन्ने स्रोत सुनिश्चित भएको छ । यससँगै अर्थ मन्त्रालयले सुुरुङमार्गको वहुवर्षीय ठेक्का लगाउने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई अनुमति दिएको छ ।

१.२४ कलिोमिटर लामो सुरुङ बनाउन मध्यमकालीन खर्च संरचनाभित्र रहने १० अर्ब १५ करोडको स्रोत सुनिश्चित गरिएको अर्थ मन्त्रालय स्रोतले बताएको छ ।

सिद्धबाबाको पहिरो छल्न बनाइने सुरुङमागृको स्वीस सरकारको सहयोगमा अध्ययन भएको थियो । अध्ययनले सिद्धबाबामा सुरुङमार्ग बनाउन सकिने देखाएको थियो ।

अब अर्थ मन्त्रालयले स्रोतको जोहो गरेपछि परियोजना अगाडि बढाउन सडक विभागलाई बाटो खुलेको छ ।

सडक विभागले परियोजनालाई डिजाइन एन्ड बिल्ड मोडलमा निर्माण गर्ने गरी ठेक्का लगाउन सक्छ । सुरुङमार्ग बनाउन करिब १० अर्ब खर्च हुने अनुमान गरिएको छ ।

बुटवल र पाल्पाको सीमानामा पर्ने सिद्धबाबाको पहिरो पार गर्दै पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, पोखरा, पर्वत, बाग्लुङ, म्याग्दी लगायतका जिल्लाका गाडी गुड्छन् । यहाँ खसेको पहिरोमा परेर थुप्रैको ज्यान लिइसकेको छ । नरम माटोमा अडिएको चट्टान सुख्खायाममा पनि खस्ने समस्या छ ।

सडकको तल तिनाउ नदी बग्छ ।

जसले ज्यानको माया मारेर यात्रा गर्नुपर्ने भएका कारण सुरुङमार्ग बनाउन माग हुँदै आएको थियो ।

यसअघि सिद्धबाबामा ‘रक सेड’ प्रविधिमार्फत सवारी र यात्रुलाई सुरक्षित गर्ने योजना पनि अघि सारेको थियो । तर त्यसका लागि अध्ययन भने भएको थिएन ।

सिद्धबाबाान पहिरोले त्रास नहटेपछि यो राजनीतिक दहरुको चुनावी एजेण्डा पनि बनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment