+
+
Shares

टाटा हिटाचीको पार्टस मेला सुरु

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर ३ गते २०:४७

३ मंसिर, काठमाडौं ।  टाटा हिटाचीको नेपालका लागि एकमात्र आधिकारिक बिक्रेता सिप्रदी अर्थमुभर्स् प्रालिले देशैभरका आफ्ना शाखा कार्यालयहरुमा पार्टस् मेलाको आयोजना गरेको छ।

उक्त पार्टस् मेला यही मंसिर १ गतेदेखि ८ गतेसम्म सञ्चालन हुनेछ। पार्टस् मेलामा टाटा हिटाचीका सम्पुर्ण गा्रहकहरुका लागी स्पेयर पार्टस् तथा ल्युब्रिकेन्टस्मा भारी छुटको व्यवस्था गरिएको छ।

साथै मेलामा पार्टस् तथा ल्युब्रिकेन्टस खरिद गर्ने ग्राहकहरुले विशेष उपहार प्राप्त प्राप्त गर्न सक्नेछन् भने भाग्यशाली गा्रहकलाई लक्की ड्रमार्फत आकर्षक उपहार प्रदान गरिनेछ। साथै सिप्रदी अर्थमुभर्स प्रा लि. आफ्ना गा्रहकहरुलाई मेलामा आएर भरपुर फाइदा उठाउनका लागि अनुरोध गरेको छ।

सिप्रदी अर्थमुभर्स प्रालिले विगत १ दशकदेखि नेपाली बजारमा टाटा हिटाचीको विभिन्न साइजको एक्जाभेटर, ब्याको लोडर र ह्विल लोडर उपलब्ध गराउँदै आएको छ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?