Comments Add Comment

मधेसी जनतालाई प्रचण्डको प्रश्न : तपाईंहरुले मसँग डिभोर्स खोजेको हो र ?

३ मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले मधेससँग डिभोर्स नगरेको दाबी गरेका छन् । बरु मधेससँग प्रेम गहिरो भएको बताए ।

नवलपरासीमा मंगलबार आयोजित कार्यक्रममा नेकपा अध्यक्ष प्रचण्डले मधेसलाई बेवास्ता गरेको आरोपको खण्डन गरेका हुन् । उनले भने, मैले मधेससँग डिभोर्स गरेकै छैन, गर्नेवाला पनि छैन ।’ उनले अघि भने, ‘तर मैले डिभोर्स गर्‍यो भन्ने कसरी लाग्यो । तपाईहरुले म स“ग डिभोर्स गर्न खोजेको हो र ? हो भने बुझिने गरी भन्नुस् ।’

उनले मधेससँग भिडोर्स नगरेको तीन आधार दिए ।

संविधान बनाउने बेलामा नै मधेसी, आदिवासी जनजाति लगायतलाई जति सम्बोधन जति हुनुपर्ने हो, त्यति भएन भनेर आफूले वैधानिक रुपमा असहमति दर्ज गरेको सुनाए ।

दोस्रो आधारका रुपमा उनले संविधान घोषणा भएपछि सबैभन्दा बढी मेहनत मधेसमा गरेको सुनाए । उनले भने, ‘मधेसी जनतालाई समग्र प्रक्रियामा सहभागी गराउन प्रयत्न गरेँ र पहाडमा भन्दा मधेसमा उत्साहका साथ मत खस्यो । यसमा मलाई गर्व छ ।’

तत्कालीन फोरमलाई सरकारमा सहभागी गराउन भएको सम्झौतामा आवश्यकता अनुसार संविधान संशोधन गरिने भन्ने उल्लेख भएको भन्दै उनले यो मधेससँग आफ्नो डिभोर्स नहुने तेस्रो आधार भएको बताए । उनले दोस्रो पटक प्रधानमन्त्री हुँदा दुई पटक संविधान संशोधनको प्रस्ताव दर्तासमेत स्मरण गराए । प्रचण्डले भने, ‘अनि मैले डिभोर्स गर्न खोजेको कि आरोप लगाउने साथहिरुले हो मैले बुझिनँ ।’

मधेसी जनतासँग भेट हुन्छ भनेर परासी आएको भन्दै उनले यसले पनि मधेस प्रेम दर्साउने बताए ।

नेकपा अध्यक्ष प्रचण्डले नागरिकताका विषयमा समेत आफू र प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ निर्णय हुन रोकेको बताए । विवाह गरेर आउनेहरुको हकमा अन्तराष्ट्रिय अभ्यास पनि हेरौं भनेर छलफल भएको भन्दै उनले भने, मैले र प्रधानमन्त्रीले सहमति बनाएरै निर्णय गरौं भनेर निर्णय नगरेको हो । असहमतिको बीचमा निर्णय नगरौं बरु पुरानो जे गरेर आएका छौं, त्यही आधारमा जानुपर्छ भनेर रोकिएको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment