Comments Add Comment

मन्त्रिपरिषद पुनर्गठन तयारीले संसदीय समिति बैठक स्थगित

राज्य व्यवस्था समितिकी सभापति शशी श्रेष्ठ

४ मंसिर, काठमाडौं । मन्त्रिपरिषद पुनर्गठनको तयारीले संसदीय समितिको बैठकसमेत प्रभावित भएको छ । बुधबार बिहान बोलाइएको राज्य व्यवस्था समितिको बैठक स्थगित भएको हो ।

बैठकमा संघीय निजामती सेवा विधेयकबारे छलफल गर्ने कार्यसूची थियो र सो छलफलमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई समेत बोलाइएको थियो । तर, मन्त्री पण्डित बैठकमा आएनन् । करिब आधा घण्टा कुरेपछि बैठक स्थगित गरियो ।

अहिले मन्त्री पदबाट हट्नेहरुको सूचीमा लालबाबुको पनि नाम रहेको चर्चा छ । यसैगरी मन्त्री बन्ने भनेर चर्चामा रहेका पम्फा भुसाल, जनार्दन शर्मा ‘प्रभाकर’लगायत पनि बैठकमा अनुपस्थित रहे ।

बैठकमा सहभागी हुन कृष्णगोपाल श्रेष्ठ, झपट रावल, मीना पाण्डेलगायत सिंहदरबार गएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment