+
+
Shares

बैतडीमा वडाध्यक्ष मृत भेटिए   

रासस रासस
२०७६ मंसिर ४ गते १५:०१

४ मंसिर, बैतडी ।   बैतडीको पञ्चेश्वर गाउँपालिका–४ का वडाअध्यक्ष ५८ वर्षीय राजबहादुर चन्दको बुधबार बिहान निधन भएको छ ।

अध्यक्ष चन्द घर नजिकै कँडेधार भन्ने स्थानमा मृत अवस्थामा भेटिएका वडा नं ४ का कार्यालय सहयोगी प्रेमबहादुर चन्दले जानकारी दिए ।

गए राति कैलपाल मन्दिर धुराजातमा सहभागी भएका वडाध्यक्ष चन्द बुधबार बिहान मृत फेला परेका हुन् । प्रहरीको टोली घटनास्थल पुगेको र घटनाको थप अनुसन्धान भइरहेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक किशन चन्दले जानकारी दिए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?