Comments Add Comment

श्रीलंकामा नयाँ राष्ट्रपतिले दाइलाई बनाए नयाँ प्रधानमन्‍त्री

४ मंसिर, काठमाडौं । श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति गोटाभया राजापाक्षेले आफ्ना दाजु महिन्दा राजापाक्षेलाई प्रधानमन्त्रीमा घोषणा गरेका छन् ।

प्रधानमन्त्री रनिल बिक्रमासिंघेले राजीनामा दिएपछि राष्ट्रपति गोटाभयाले प्रमुख प्रतिपक्षी दलका नेता महिन्दाको नाम प्रधानमन्त्रीको रुपमा घोषणा गरेका गरेका हुन् । बिहीबार विक्रमासिंघेले आधिकारिक रुपमा पदमुक्त भएपछि महिन्दाले जिम्मेवारी सम्हाल्ने समाचार संस्था एएफपीले जनाएको छ ।

गत वर्षको अक्टोबर २६ मा तत्कालिन राष्ट्रपति मैथ्रीपाला सिरिसेनाले विक्रमासिंघेलाई बर्खास्त गरेर महिन्दालाई प्रधानमन्त्री नियुक्त गरेका थिए । तर सर्वोच्च अदालतको आदेशपछि उनले राजीनामा दिनुपरेको थियो । सर्वोच्च अदालतले तत्कालिन राष्ट्रपति सिरिसेनाको निर्णयलाई अवैधानिक ठहर गरेको थियो ।

महिन्दा राजापाक्षे २००५ मा श्रीलंकाको राजनीतिमा शक्तिशाली बनेका थिए । सन्‍ १९७४ मा २४ वर्षको उमेरमा सांसद बनेका थिए । तीन दशक लामो आन्तरिक द्वन्द्व समाधान गरेको जस यीनैलाई जाने गरेको छ ।

प्रधानमन्त्री रनिल विक्रमासिंघेले मंगलबार नवनिर्वाचित राष्ट्रपति राजापाक्षेलाई भेट गरेका थिए । त्यस  क्रममा उनले श्रीलंकाको संसदको भविष्यबारे छलफल गरेका श्रीलंकाको पत्रिका कोलम्बो गजेटले लेखेको छ ।

उनले आफूसँग अझै बहुमत रहे पनि नयाँ जनमतलाई स्वीकार गर्दै राजीनामा दिने उल्लेख गरेका समाचारमा जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment