+
+
Shares

ट्याक्टर दुर्घटना हुँदा कास्कीमा एक जनाको मृत्यु   

रासस रासस
२०७६ मंसिर ४ गते १९:४५

४ मंसिर, पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ मर्दीखोलामा बुधबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

मर्दी खोलाबाट घाचोकतर्फ जाँदै गरेको ग१त ३४७३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा पर्सा घर भई घाचोक बस्दै आएका सोही ट्याक्टरका चालक ४७ वर्षीय नरेन्द्र सिंह बस्नेतको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय गण्डकीले जनाएको छ ।

प्रहरीका अनुसार सडकबाट ५० मिटर तल खसेको ट्याक्टरले च्यापिएका बस्नेतको घटनास्थलमा मृत्यु भएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?