+
+
Shares

‘लोक तथा दोहोरी गीत प्रतिष्ठान’लाई लाग्यो चुनाव

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर ५ गते १३:३०

लोक तथा दोहोरी गीतसँग सम्बन्धित कलाकारहरुलाई चुनाव लागेको छ । ‘राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान’ नेपालको सातौ महाधिवेशन सुरु हुनै लाग्दा चुनावी सरगर्मी बढेको हो । मंसिर ६ गतेदेखि मंसिर ८ गतेसम्म पोखरामा महाधिवेशनको तयारीमा कलाकारहरु लागिरहेका छन् ।

उम्मेदवारी दिएका कलाकारहरु आफ्नो योजना सुनाउन र भोट माग्न व्यस्त छन् । सामाजिक संजालहरुमा आफ्नो उम्मेदवारी दिएको फोटो सहित भोटको अपिल गर्नेहरु पनि धेरै छन् । आफ्नो पेशागत संस्थामा राम्रो प्रतिनिधि चुन्नलाई कलाकारहरु सचेत बनिरहेका छन् ।

‘राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान’ नेपालको छैटौ महाधिवेशनबाट बद्री पंगेनी अध्यक्ष पदमा विजयी भएका थिए । यस पटक अध्यक्ष पदका लागि लोक गायक विष्णु खत्री र गीतकार रमेश बिजीले उम्मेदवारी अध्यक्ष पदमा नै दुई पटक हारेका विष्णुले तेस्रो पटक उम्मेदवारी दिएका हुन् । रमेश अहिले वरिष्ठ उपाध्यक्ष पदमा छन् । निर्वाचनका लागि को(को कलाकार कुन(कुन पदमा उठ्ने भन्ने शनिबार मात्र पक्का हुनेछ । आफ्नो उम्मेदवारी घोषणा गर्दै केही कलाकार भोट माग्न व्यस्त छन् ।

बरिष्ठ उपाध्यक्षः पशुपति शर्मा र रीता शर्मा

प्रथम उपाध्यक्षः रामजी खाँड र पार्वती बीसी

द्धितिय उपाध्यक्षः दीपक खड्का

महिला उपाध्यक्षः राधिका हमाल

महासचिवः सुवास केसी र शिरिष देवकोटा

उप–महासचिवः शंकर विसी, चोलेन्द्र पौडेल, शिव हमाल, बैकुन्ठ महत

सचिवः कुलेन्द्र विश्वकर्मा, विनोद बाजुराली, पुस्कल शर्मा, कृष्ण रेउले, जीवन दाहाल, प्रचन्ड जीसी, होम गैरे, नविन पौडेल

सचिव सांगठनिकः खुमन अधिकारी

कोषाध्यक्षः राजु ढकाल, तारापति सुवेदी र पुरुषोत्तम न्यौपाने

सह–कोषाध्यक्षः इश्वरीप्रसाद भुषाल र घनश्याम रिजाल

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?