Comments Add Comment

हिमालय एयरले चीनको चाङ्सामा थाल्यो उडान

५ मंसिर, काठमाडौं । निजी लगानीको नेपाली वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले चीनको हुनान प्रान्तको राजधानी चाङ्सामा उडान थालेको छ । यो हिमालयको दोस्रो गन्तब्य हो ।

बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयले चाङ्सा हुवानगुआ अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो उडान सम्पन्न गर्‍यो । नेपाल भ्रमण बर्ष २०२० सुरु हुनुअघि नयाँ बजार अन्वेषण गर्दै यस प्रान्तबाट नेपाल भित्रिने सम्भावित पर्यटकलाई सेवा दिने उद्देश्य लिएको कम्पनीले जनाएको छ ।

चाङ्सा चीनकै प्रमुख पर्यटकीय शहर मध्येको एक मानिन्छ । हिमालय एअरलाइन्सले सातामा एक दिन (बुधबार) काठमाडौंबाट चाङ्सा उडान गर्ने र सोही दिन काठमाडौं फर्कने गरी तालीका मिलाएको छ । हिमालय एअरलाइन्स् यी दुई शहरबीच सिधा उडान गर्ने एक मात्र एअरलाइन्स बनेको छ ।

चीनमा नयाँ–नयाँ गन्तब्य बिस्तारको योजनाअनुसार यो उडान सुरु भएको हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठ बताउँछन् । कम्पनीका अध्यक्ष जोउ इन्योङले चीनमा कम्पनीको उपस्थिति व्यापक बनाउने योजना रहेको बताएका छन् । काठमाडौं–चाङ्साको नयाँ थप सञ्जाल जोडिएसँगै नेपालको पर्यटकीय अर्थतन्त्रमा ठूलो योगदान दिने र द्विपक्षीय सम्बन्धलाई बलियो बनाउने हिमालय एअरलाइन्सले विश्वास व्यक्त गरेको छ ।

नेपाल–चीन संयुक्त उद्यमका रुपमा सन् २०१४ अगस्टमा स्थापना भएको हिमालय एअरलाइन्ससँग तीनवटा ए३२० जहाज छन् । कम्पनीले काठमाडौंबाट पाँचवटा गन्तव्य (अबुधाबी, दमाम, दोहा, ढाका र बेइजिङ्ग) मा उडान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment