+
+
Shares

कांग्रेसले भन्यो : सरकार पक्षबाट निर्वाचन आचारसंहिता उल्लंघन भयो

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर ५ गते १७:४०

५ मंसिर, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपनिर्वाचनका लागि निर्वाचन आयोगले लागू गरेको निर्वाचन आचारसंहिताको सरकार पक्षले नै उल्लंघन गरिरहेको भन्दै आयोगको ध्यानाकर्षण गराएको छ।

कांग्रेस नेता रमेश लेखकको नेतृत्वमा रहेको कांग्रेसको निर्वाचन आचारसंहिता अनुगमन समितिले बिहीबार विज्ञप्ती जारी गर्दै आचारसंहिताको पूर्ण पालना गराउने तर्फ आयोगलाई जिम्मेवार बन्न आग्रह गरेको छ।

समितिका संयोजक लेखकले आगामी १४ मंसिरमा हुने उपनिर्वाचनमा सरकार पक्षबाटै आचारसंहिताको उल्लंघन भइरहेको र आयोगले समेत स्वतन्त्र रुपमा निगरानी गर्न नसकेको भन्दै सबै पक्षलाई आचार संहिताको पालनामा उत्तिकै जिम्मेवार बनाउन आयोगको भूमिका महत्वपूर्ण हुने बताए।

‘सरकार पक्षबाटै आचार संहिताको उल्लंघन भइरहेको छ, आयोगले आचार संहिताको स्वतन्त्र रुपमा निगरानी गर्न नसके जस्तो देखिँदै छ,’ नेता लेखकले भने, ‘सबै पक्षलाई आचारसंहिता पालनामा उत्तिकै जिम्मेवार बनाउन आयोगको थप बलियो भूमिका आवश्यक छ ।’

उपनिर्वाचनका लागि निर्वाचन आयोगले ८ कत्तिकदेखि लागू हुने गरी निर्वाचन आचारसंहिता लागू गरेको थियो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?