पहिलो पटक यस सम्बन्धमा हाम्रो पात्रोका संस्थापक/अध्यक्ष शंकर उप्रेतीको फेसबुक वालमा सार्वजनिक भएको हाम्रो पात्रोको आफ्नै ‘कम्यूनीटि’ सम्बन्धी लिंक हेर्ने हो भने अहिलेसम्म यसमा सर्वाधिक लोकप्रिय कम्यूनीटिको रुपमा ‘Hamro Market’मा एकदिनमैं झण्डै दुई हजार सदस्य दर्ता भएका छन् ।
“हाम्रो प्रयोगकर्ताको आवश्यक्ता तथा सल्लाहलाई मध्यजनर राख्दै वहाँहरुको खरिद बिक्रिको अनुभवकाबिच कुनै तेस्रो पक्ष नहोस् र कुनै पनि सामान अथवा सेवा सिधै बिक्रेताले खरिदकर्तासम्म तथा खरिदकर्ताले बिक्रेतासँग सिधै सम्पर्क गरी कारोबार गर्न सकोस भन्ने उद्देश्यले हामीले हाम्रो “WE हाम्रोपात्रो” कम्यूनीटि फिचर ‘Hamro Market’ सार्वजनिक गरेका हौं । हाम्रा नियमित र ब्यापक प्रयोगकर्ताहरुले यसमा राख्नुहुने सामाग्री अथवा सेवाको खरिद बिक्रिबाट जोकोहीले लाभ लिनसक्नुहुनेछ ,” हाम्रो पात्रोका संस्थापक/अध्यक्ष शंकर उप्रेतिले भने ।
दैनिक कम्तिमा १० लाख भन्दा बढी प्रयोगकर्ता रहेको हाम्रो पात्रो बढिमा मासिक ५० लाख प्रयोगकर्ताले प्रयोग गर्ने गरेका छन् । कसै न कसैको दैनिक उपभोगका, व्यक्तिगत प्रयोगका मोबाईल, घडी, सवारी साधन, घर जग्गा अथवा अन्य कुराहरु बेच्ने अथवा खरिद गर्ने आवश्यक्तालाई हाम्रो पात्रो प्रयोगकर्ता सही विकल्प हुनसक्छन् ।आफ्नो कुराहरु बेच्न अथवा खरिद गर्ने व्यक्ति खोज्न हाम्रो पात्रो प्रयोगकर्ताको यो कम्यूनिटि प्रभावकारी छ । समग्रमा यो फिचरलाई प्रयोगकर्ता बनाउनुपर्ने झण्झट छैन र बनिबनाउ प्रयोगकर्ताको एउटा नियमित समूहलाई यस खरिद-बिक्रिको सुविधामा सजिलै जोड्न सक्दछ ।
यो कम्यूनिटिमा अहिले यो लिंक https://we.hamropatro.com/c/