Comments Add Comment

केयूको सभामा नबोलाइएपछि प्राध्यापक र कर्मचारीले गुहारे प्रधानमन्त्री

मंसिर १० भित्र सम्झौता कार्यान्वयन नभए कार्यालय बन्द गर्ने चेतावनी

७ मंसिर, काठमाडौं । काठमाडौं विश्वविद्यालयको सभामा आफूहरुलाई नबोलाइएको भन्दै प्राध्यापक र कर्मचारीहरुले पुनः आन्दोलन सुरु गर्ने चेतावनी दिएका छन् ।

यसअघि व्यवस्थापन पक्षसँग भएको सम्झौताको बुँदा नम्बर ३ मा विश्वविद्यालयको सभामा प्राध्यापक र कर्मचारीहरुलाई पनि आमन्त्रित गर्ने उल्लेख छ । तर, शुक्रबारको काठमाडौं विश्वविद्यालय सभामा प्राध्यापक र कर्मचारीका प्रतिनिधिलाई नबोलाइएपछि उनीहरु रुष्ट भएका हुन् ।

काठमाडौं विश्वविद्यालय प्राध्यापक संघका सभापति वेदमणि दाहालले विश्वविद्यालय व्यवस्थापन पक्षले ढाँट र छलछाम गरिरहेकाले पुनः आन्दोलन गर्न बाध्य हुनुपरेको बताए ।

कर्मचारी संघका अध्यक्ष सुरेन्द्र केसीले सम्झौता पत्रमा उल्लेखित बुँदाहरु अक्षरस कार्यान्वयन गर्न कार्यकारी परिषदलाई यही मंसिर १० गतेसम्मको समयसीमा दिइएको र उक्त समयसीमाभित्र कार्यान्वयन नभए आन्दोलनका कार्यक्रम सुरु गर्ने बताए ।

मंसिर १० गतेभित्र सम्झौता कार्यान्वय नभए विश्वविद्यालयको कार्यकारी परिषदका सदस्यहरुको राजीनामा माग्ने तथा उपकुलपति र रजिष्ट्रारका कार्यालयहरु पुनः बन्द गर्ने प्राध्यापक र कर्मचारीहरुले चेतावनी दिएका छन् ।

यसैगरी सम्झौता कार्यान्वयन गर्न कुलपति एवम् प्रधानमन्त्री र सहकुलपति एवम् शिक्षामन्त्रीसँग अनुरोध गर्ने निर्णयसमेत गरिएको छ ।

हेर्नुहोस् सम्झौतापत्र र प्राध्यापक तथा कर्मचारीहरुले निकालेको विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment