Comments Add Comment

भद्दा मेकअपका कारण ट्रोल बनेका सेलिब्रेटीहरु

गायिका रानु मण्डल अहिले ओभर मेकअपका कारण ट्रोल बनिरहेकी छिन् । तर, रानु मण्डलमात्र होइन, बलिउडका थुप्रै स्थापित तथा लोकप्रिय अभिनेत्री तथा स्टार किडहरु समेत मेकअपका कारण सामाजिक सञ्जालमा मानिसहरुको आलोचनाको शिकार बनिसकेका छन् । तीमध्ये ऐश्वर्या राय बच्चन, पि्रयंका चोपडा तथा अजय देवगणकी छोरी न्यासा देवगण अग्रपंक्तिमा छन् ।

मेट गाला लुकका लागि ट्रोल भएकी थिइन् प्रियंका

सन् २०१९ मा मेट गाला रेड कार्पेटमा फिल्म ‘द स्काई इज पिंक’ स्टार प्रियंका चोपडाले आफ्नो स्टनिङ लूकमार्फत सबैलाई आश्चर्यमा पारिदिएकी थिइन् । प्रियंकाले मेट गालामा सिल्भर-पेस्टल गाउन लगाएकी थिइन् । तर, उनको मेकअपदेखि हेयर स्टाइलसम्म अति नै लाउड अर्थात् भद्दा थियो । उक्त लुकका कारण पि्रयंकाले सामाजिक सञ्जालमा प्रसस्त आलोचना सहनु परेको थियो ।

कान्समा लिपस्टिकका लागि ऐश्वर्याको ट्रोल

सन् २०१६ मा कान्स फिल्म फेस्टिभलमा अभिनेत्री ऐश्वर्या राय निकै सुन्दर देखिएकी थिइन् । उनले अफ शोल्डर गाउन लगाएकी थिइन् । तर, केही व्यक्तिहरुले उनको उक्त लुकलाई मन पराएनन् । वास्तवमा ऐश्वर्याको लिपस्टिक सेड पर्पल थियो । सामाजिक सञ्जालमा ऐश्वर्याको लिपस्टिकको खुलेर मजाक उडाइयो । एक जना व्यक्तिले त ऐश्वर्यालाई ‘तपाईं जामुनको सौखिन हुनु हुँदो रहेछ’ समेत भन्न भ्याए ।

पछिल्लो पटक अजय देवगणका बुवा विरु देवगणको मृत्युको केही दिनपछि अजयकी छोरी न्यासा देवगण ब्यूटिपार्लरबाट बाहिर आइरहेको देखिएको थियो । त्यो बेला न्यासाले पनि आफ्नो मेकअपका कारण सामाजिक सञ्जालमा आलोचना सहनु परेको थियो । अभिनेत्री दिशा पाटनीले पनि धेरै पटक आफ्नो मेकअपका कारण आलोचित हुनुपरेको छ ।

रानुको बचाउमा प्रशंसक

गायिका रानु मण्डलको कुरा गर्ने हो भने उनी अचेल निकै चर्चामा छिन् । जुन सामाजिक सञ्जालले उनलाई इज्जत र प्रतिष्ठा दिलाएको थियो । त्यही प्लेटर्फममा उनलाई अहिले आलोचना गर्न थालिएको छ । त्यसका लागि उनका विभिन्न प्रकारका ट्रोलहरु बनाइएका छन् । वास्तविकता चाहिँ के हो भने उनले एउटा र्‍याम्प शोमा जानुभन्दा पहिला मेकअप गरेकी थिइन् । मेकअप केही बढी जस्तो देखिएको थियो । केही व्यक्तिहरुले रानु मण्डललाई मेकअपले भद्दा तथा नसुहाएको प्रतिक्रिया दिए । उनले त्यति धेरै मेकअप गर्नु हुँदैन थियो भन्ने कुरा पनि चल्यो । त्यसो त केही प्रशंसकहरुले उनको बचाउ समेत गरेका छन् ।

यसअघि पनि रानु मण्डलले एक जना प्रशंसकसँग सेल्फी खिच्नका लागि अस्वीकार गरेकी थिइन् । त्यो बेला पनि रानुको निकै आलोचना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment