Comments Add Comment

श्रीलालीगुराँसको साधारणसभा सम्पन्न, १८ प्रतिशत लाभांश दिने

७ मंसिर, काठमाडौं । ललितपुर, पुल्चोक स्थित श्रीलालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २०औ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

पुर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष, माननीय डा. बाबुराम भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न साधारण सभामा उनले देशको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको सहकारीको विकासमा सरकारले विशेष ध्यान दिनुपर्ने बताए ।

उनले सहकारी क्षेत्रमा संस्थाले गरेको योगदानको चर्चा गर्दै सहकारीहरुको विकासमा सरकारले योगदान गर्नुपर्ने बताए । संस्थाका अध्यक्ष अमरदास श्रेष्ठको अध्यक्षतामा भएको साधारण सभामा उनले संस्थाको आ.व. ०७५/०७६ मा सहकारीले गरेको उपलब्धी, भावी योजना, सम्भावना र भविष्यमा आउन सक्ने चुनौतिको बारेमा जानकारी गराए ।

संस्थाले नेपालको समग्र सहकारी बजारमा कुल कारोबार, चुक्ता पूँजी, निक्षेप संकलन, कर्जा लगानी, मुनाफा आर्जन, नेपाल सरकारलाई राजश्वमा गरेको योगदान, रोजगारी लगायत अन्य विविध क्षेत्रमा गरेको उल्लेखनीय कार्यहरूमा समेत अग्रणी स्थान लिन सफल रहेको उनको भनाई छ । कार्यक्रममा बोल्दै संस्थाका सचिव एवं प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले देशभर संचालित करिब ३५ हजार सहकारी मध्ये संस्था उत्कृष्ट संस्थाको रुपमा पहिचान बनाउन सफल रहेको बताए ।

देशभर ३५ हजार भन्दा बढी सहकारी संस्थाहरु दर्ता भएका छन् त्यसमा २९ हजार भन्दा बढी सहकारी संस्थाहरु क्रियाशिल रहेका छन् । पछिल्लो तथ्याङ्क अनुसार सहकारी क्षेत्रको वित्तिय कारोबार जम्मा करोबारको २५ प्रतिशत भन्दा बढी अर्थात ६ खर्ब ४५ अर्ब भन्दा बढी निक्षेप परिचालन, ६ खर्ब ७१ करोड भन्दा बढी कर्जा लगानी, ७६ अर्ब ३४ करोड बराबर शेयर पूँजी संकलन सहकारीबाट भएका छ, प्रत्येक्ष रुपमा ३ लाख भन्दा बढी व्यक्तिहरुले रोजगारी समेत प्राप्त गरेर सहकारी बजारमा योगदान दिएको बताए ।

उनले देशभर ७० लाख भन्दा बढी नागरिकहरुले सहकारी संस्थाहरुको सदस्यता लिएको उल्लख गर्दै स्थानिय तहमा युवा, महिला लगायत बृद्धबृद्धाहरु समेत सहकारीमा आवद्ध भई उत्पादन, शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन लगायतका उद्यमशिलताको कार्यहरु सहकारी संस्थाहरुको माध्यमबाट भएको जानकारी दिए ।

सहकारी क्षेत्रको पँुजीलाई उर्जा, पर्यटन, पशुपालन, कृषि लगायत मझौला तथा ठूला परियोजना तथा उद्योगमा लगानी गर्ने वातावरण सृजना गरी सहकारी मार्फत राष्ट्रिय अर्थतन्त्रको विकास धारणा राख्दै उनले सहकारी मार्फत बचत ऋण लगायत उत्पादनको कार्य गर्न वर्तमान सहकारी ऐन २०७४ मा संशोधन अपरिहार्य रहेको बताए ।

सहकारी मार्फत देशको आर्थिक विकास गर्न सहकारी मैत्री कानून निर्माण गरिनुपर्नेमा जोड दिए । उनले सरकारको तीन खम्बे अर्थ नीतिको लक्ष्य पुरा गर्न सहकारी क्षेत्रमा लगानी बृद्धि गरी देशको विकास सम्भव रहेको जानकारी दिए । उनले संस्थाले आगामी वर्षहरुमा थप नयाँ कार्यक्रम र योजनाहरु अघि बढाउने स्पष्ट पारे । संस्था स्थापना भएको दुई दशकमा सहकारीको शेयर सदस्यको संख्या बढेर करिब २१ हजार पुगेको छ ।

संस्थाले आफ्नो लगानीमा चितवनको खैरहनीमा देशकै सर्वाधिक ठूलो गाई फार्म संचालन गरेको, अस्पताललाई थप गुणस्तरीय सेवा उपलब्ध गराउन सहकारी संस्था मार्फत आफ्नै भवनमा अस्पताल संचालन गर्ने तयारी गरेको छ । फागुन महिनासम्म संचालनमा ल्याउने तयारी सहित ललितपुरको गोदावरीमा “श्री लालीगुराँस दुग्ध प्रसोधन उद्योग” को निर्माण कार्य भैरहेको जानकारी गराइयो ।

संस्थाले गरेको योगदानको कदर गर्दै ९७औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा प्रदेश नं. ३ बाट “उत्कृष्ट सहकारी व्यावसाय पुरस्कार २०७५” प्राप्त गरेको थियो । संस्थाले निकट भविष्यमा काठमाण्डौं जिल्लाको नयाँ बजार, महाराजगंज, भक्तपुर जिल्लाको सुर्यविनायक, ललितपुर जिल्लाको कुमारीपाटी, चितवन जिल्लाको भरतपुर, कास्की जिल्लाको पोखरा, गोरखा जिल्लाको सिरानचोक र मकवानपुर जिल्लाको हेटौंडामा सदस्य सुविधा काउन्टर संचालन गर्ने तयारी गरेको छ ।

संस्थाको समाजिक उत्तरदायीत्व अन्तर्गत बहुउद्देश्यीय लगानी अन्तर्गत स्वास्थ्य क्षेत्रतर्फ ललितपुरको ताल्छिलेखमा लालीगुराँस हस्पिटल प्रा.लि., शिक्षा क्षेत्रतर्फ नयाँ बानेश्वर शंखमुलमा श्री लालीगुराँस उच्च मा.वि./कलेज, डेरी परियोजना तर्फ चितवन खैरहनीमा श्री लालीगुराँस डेरी फार्म एण्ड रिसर्च सेन्टर, उर्जा क्षेत्र तर्फ सिन्धुपाल्चोक, लार्चामा भैरवकुण्ड हाईड्रोपावर लि. लगायत अन्य विभिन्न संघ संस्थाहरुमा लगानी गरेको संस्थाले जनाएको छ । संस्थाले संस्थाबाट संचालित कार्यक्रमहरुलाई स्तरीय, सरलीकृत तथा प्रभावकारी तुल्याउन आफ्ना सम्पूर्ण कर्मचारीलाई समय समयमा उपयुक्त तालिमहरु प्रदान गर्दै आई रहेको छ ।

साधारण सभामा प्रमुख अतिथि एवं पुर्व प्रम डा. भट्टराईले शेयर सदस्य एवं जेष्ठ नागरिक २५ जना, एस.ई.ई.मा उत्कृष्ट स्थान ल्याउने १७ विद्यार्थीहरु, ९ जना अपाङ्ग शेयरसदस्यहरु, शेयरसदस्य स्वराजसागर प्रधान, संस्थाका सर्वाेत्कृष्ट, उत्कृष्ट र ५ वर्षे सेवा गरेका कर्मचारीहरुलाई सम्मान गरिएको छ । साथै सभाले शेयरसदस्यहरुलाई १८% लाभांस वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment