Comments Add Comment

बैंक अफ काठमाण्डूका पूर्वसीईओ श्रेष्ठलाई १ करोड धरौटीमा छाड्न आदेश

८ मंसिर, काठमाडौं । सर्वोच्च अदालतले बैंक अफ काठमाण्डूका पूर्व प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठ र पूर्वकर्मचारी किरणकुमार बोहरालाई १÷१ करोड रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनले थुनामा पठाउने आदेश दिएपछि त्यसविरुद्ध उनीहरु सर्वोच्च गएका थिए ।

आइतबार सर्वोच्चमा न्यायाधीशहरु सपना मल्ल प्रधान र कुमार रेग्मीको संयुक्त इजलासले थुनामा राखेर मुद्दा पुर्पक्ष गर्ने भन्ने उच्च अदालतको आदेश बदर गर्दै १ करोड रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । अब श्रेष्ठले उच्च अदालतमा १ करोड रुपैयाँ धरौटी तिरेरपछि रिहा हुन पाउनेछन् ।

नक्कली धितोमा ऋण प्रवाह गरेको र कीर्ते गरेको अभियोगमा उनीहरु पक्राउ परेका थिए । कर्जा लगानी भएको बेला श्रेष्ठ सीईओ थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment