Comments Add Comment

जुम्लामा आगलागी हुँदा तीन तले घरमा क्षति

Photo Credit : RSS

८ मंसिर, काठमाडौं । जुम्लाको चन्दननाथ नगरपालिका–२ कालेखोलीस्थित एक घरमा आइतबार आगलागी हुँदा एक घर जलेर पूर्ण रुपमा क्षति भएको छ ।

आगलागीबाट विष्णु भण्डारीको तीन तले घर जलेर पूर्ण रुपमा क्षति भएको जुम्लाका प्रहरी निरीक्षक नविन वलीले अनलाइनखबरलाई जानकारी दिइन् ।

तीन तलाको घरमा रहेका १४ वटा कोठा मध्ये भण्डारीले एउटा कोठा आफैले प्रयोग गरी बाँकी सबै कोठा भाडामा लगाएका थिए । भाडामा बस्नेहरुले प्रयोग गर्दै आएका ग्यास सिलिण्डर मध्ये ६ वटा सिलिण्डर विष्फोट हुन पुगेको उनले बताइन् । कोठाभित्रबाट ८ वटा सिलिण्डर भने निकालिएको उनले बताइन् ।

विहान ११ बजेदेखि लागेको आगो ६ घण्टापछि नगरपालिकाको दमकल, स्थानीय, प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको सक्रियतामा नियन्त्रणमा आएको प्रहरी निरीक्षक वलीले जानकारी दिइन् ।

आगलागीबाट कुनै मानवीय क्षति नभएको र आगलागीको कारण खुल्न नसकेपनि घटनाको प्रारम्भीक अनुसन्धानको क्रममा विद्युत सर्टका कारण भएको हुन सक्न उनले बताइन् । यसबारे सोमबार मात्रै थप अनुसन्धान अघि बढाइने उनले बताइन् ।

आगलागी नियन्त्रणमै सुरक्षाकर्मी दिनभर खटिनु परेकोले  के कति क्षति भए र आगलागी कसरी हुन पुग्यो भन्नबारे खुल्न नसकेको उनले बताइन् ।

आगलागी हुँदा १४ वटै कोठमा रहेका लत्ताकपडा, अन्नपात तथा भाँडाकुँडा लगायतका सामाग्री जलेर नष्ट भएको वलीले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment