Comments Add Comment

मन्त्री पदलाई युद्धकै मोर्चा ठानेको छु : उद्योगमन्त्री भट्ट

९ मंसिर, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले मन्त्रालयको कामलाई युद्धकै मोर्चाको रुपमा लिएको बताएका छन् ।

पाँचौं उद्योग दिवसको अवसरमा सोमबार आयोजित कार्यक्रममा उनले भने ‘युद्धको मोर्चाको रुपमा मन्त्रालय पाएका छौं, । हामीलाई युद्ध हार्ने छुट छैन । उद्योगीका समस्या गम्भीरतापूर्वक लिने र अध्ययन गर्ने  बेला हो । अहिले बोल्ने बेला भएको छैन, चार दिनमात्रै भयो ।’

मन्त्री भट्टले उद्योगीले आफ्नो समस्या लिएर मन्त्रालय धाउनु नपर्ने भन्दै समस्या बुझ्न आफैं जाने बताए । ‘फाइल बोकेर उद्योगीले विभिन्न निकाय धाउनुपर्दैन’ उनले भने । गलत काम नगर्न र आफूहरुलाई पनि गलत कामतर्फ आकर्षित नगर्न मन्त्री भट्टले उद्योगीलाई आग्रह गरे ।

म असफल भए निजी क्षेत्र असफल हुन्छ : राज्यमन्त्री दुगड

उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले निजी क्षेत्रको सफलताको लागि आफूले सबैखालको पहल गर्ने बताए । राज्यमन्त्रीको रुपमा आफू असफल भए समग्र निजी क्षेत्र असफल हुने भन्दै उनले स्थापना भएका कुनै पनि नेपाली उद्योगमा ताला लाग्न नदिने प्रतिबद्धता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment