Comments Add Comment

सन्दीपले साग नखेल्ने

९ मंसिर, काठमाडौं । युवा लेग स्पीनर सन्दीप लामिछानेले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतको क्रिकेट खेल नखेल्ने भएका छन् ।

केही महिनादेखि उनको आँखा समस्या देखिएको र सोमबार मात्र लेजर राखेकाले साग नखेल्ने भएको सन्दीपका स्थानीय व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए । ‘सन्दीपले आजै मात्र डक्टरसँग चेक गराएर आँखा लेजर राखेका हुन् । चश्मा लगाएर खेल्न केही गाह्रो हुने र भविष्यमा केही असर नपरोस् भनेर साग नखेल्ने भएका हुन्’, शिवाकोटीले भने ।

सन्दीपले कम्तीमा दुई साता आराम गर्नेछन् । उनी भर्खरै मात्र युएईमा सम्पन्न टी–१० लिग खेलेर फर्किएका थिए ।

आगामी फेब्रुअरीमा नेपालले त्रिकोणात्मक सिरिज खेल्दैछ र त्यसैलाई मध्यनजर गर्दै अहिले आराम लिन लागेको शिवाकोटीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment