Comments Add Comment

पूजाको ‘नन स्टप’ काम

नायिका पूजा शर्मा अभिनित चलचित्र ‘म यस्तो गीत गाउँछु २’को छायांकन करिब २ महिनामा सकिएको छ । सोमबार ‘दि भ्वाइस अफ नेपाल’को स्टूडियोमा यो चलचित्रको क्लाइमेक्स दृश्य खिचिएको हो ।

यो चलचित्रको छायांकन सकिएको भोलीपल्टै अर्थात आज नायिका पूजा शर्मा नयाँ चलचित्रको छायांकनका लागि सिलगुडी उडेकी छिन् । उनले अभिनय गर्न लागेको नयाँ चलचित्र ‘संझना विर्सना’को छायांकन सिलगुडीबाट सुरु हुनेछ । करिब २० दिन यो चलचित्रको छायांकन सिलगुडीमा हुनेछ । यसपछि, एउटा गीतको छायांकन दार्जिलिङ र केही दृश्यको छायांकन सिक्किममा हुने वुझिएको छ । करिब १ महिना भन्दा बढी समय उनी भारतमा बस्नेछिन् ।

पूजाले गतबर्षको फागुणदेखि ‘नन स्टप’ रुपमा काम गरिरहेकी छिन् । उनले चलचित्र ‘सम्हालिन्छ कहिले मन’को छायांकन बेलायतमा सकेर फर्किएसँगै ‘पोई पर्यो काले’को छायांकन सकिन् । यो चलचित्रको प्रचार अगाडि उनी ‘म यस्तो गीत गाउँछु २’को छायांकनका लागि इलाम पुगेकी थिइन् । यसपछि उनले चलचित्र ‘पोई पर्यो काले’को प्रचार गरिन् । चलचित्र रिलिजपछि फेरि ‘म यस्तो गीत गाउँछु २’को छायांकन गरिन् ।

आजै सिलगुडी उडेकी पूजा करिब एक महिनापछि नेपाल फर्किएर नयाँ चलचित्रमा व्यस्त हुने बताउँछिन् । आखिर, एकपछि अर्को चलचित्रमा ‘नन स्टप’ किन काम गरिरहेकी छिन् त उनी, भन्छिन्–‘मलाई घरमै बसिराख्न मन लाग्दैन । दर्शकको मायाले कामको अफर आइरहेको छ । चलचित्रको कथा मन परेपछि गरिरहेकी छु ।’ चलचित्र ‘पोई पर्यो काले’को व्यापार पनि सुखद नै भएपछि पूजालाई अफर झनै बढेको वुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment