Comments Add Comment

प्रधानमन्त्री ओलीको अप्रेसन सकियो, केही दिन अस्पतालमै बस्नुपर्ने

१० मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको एपेन्डिसाइटिसको अपरेशन सकिएको छ । महाराजगञ्जको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्रीको अप्रेसन गरिएको हो ।

अस्पतालका डा. अरुण सायमीले भने, ‘एपेन्डिसाइटिसको सानो अपरेसन भर्खरै सकिएको छ ।’

अप्रेसन गरिएकाले प्रधानमन्त्री अब केही दिन अस्पतालमै भर्ना भएर बस्नु पर्ने छ । तर, कति दिन बस्नुपर्छ भनेर चिकित्सकहरुले यकिनका साथ बताएका छैनन् । प्रधानमन्त्रीको स्वास्थ्य सल्लाहकारसमेत रहेका डा. सायमीले भने, ‘स्वास्थ्यका अरु कुराहरु पनि हेर्नुपर्छ, अहिल्यै भन्न सकिँदैन ।’

पेट दुख्ने समस्या बढेपछि प्रधानमन्त्री ओली मंगलबार बिहान अस्पताल गएका थिए । चिकित्सकहरुले स्वास्थ्य परीक्षण गर्दा एपेन्डिसाइटिस भएको पत्ता लागेपछि अपरेशन गरेका हुन् । अस्पताल भर्ना भएपछि उनी मंगलबार सहभागी हुने भनिएका कार्यक्रमहरु प्रभावित भएका छन् ।

१२ वर्षअघि दुवै मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीले केही दिनयता चार पटकसम्म डायलासिस गराइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment