Comments Add Comment

फेसबुकका मालिक मार्क जुकरबर्ग कसरी परिवारसँग रमाउँछन् ?

कार्यालयको कामलाई समय दिँदा परिवारलाई समय हुँदैन, परिवारलाई दिँदा कार्यालयलाई । यो गञ्जागोल जीवन हरेक मानिसको बाध्यता बनेको छ । परिवार चलाउन र आफ्नो लक्ष्य हाँसिल गर्नको लागि काम आवश्यक छ भने जीवन चलाउनको लागि परिवार । तर, यी दुईको मिलन कसरी गर्ने ? यो जटील समस्या धेरैले भोग्दै आएको समस्या हो ।

एउटा सामान्य मान्छेलाई त एकदिनको २४ घण्टा भ्याइनभ्याई हुन्छ भने विश्वका ठूला ठूला कम्पनीको जिम्मेवारी बोकेकाहरुको जीवन कसरी चलिरहेको होला ? कुनै कम्पनीमा सामान्य योगदान दिने कर्मचारीको जीवनमा फुर्सद हुँदैन भने त्यही कम्पनीको सारा जिम्मेवारी काँधमा बोकेकाहरुले कसरी समय मिलाइरहेका होलान् ? यो जिज्ञासा धेरैमा उठेको हुनसक्छ ।

जसले आफ्नो महत्वाकांक्षा र जीवनशैलीलाई सन्तुलित गराउन सक्छ । ऊ कहिलै पनि असफल हुँदैन । यो मार्क जुकरवर्गको जीवनबाट बुझ्न सकिने एउटा उत्तम ज्ञान हो । त्यही सन्तुलन नै सबैको फलदायी जीवनको कारण पनि हो ।

फेसबुकका सिइओ मार्क जुकरवर्ग ३५ वर्षका भए । उनी विश्वका धनीहरुको सूचीमा अहिले पाँचौं नम्बरमा छन् । उनको एकै दिनमा १० देखि १५ अर्ब अमेरिकी डलरसम्मको सम्पत्ति घटिबढी हुने गर्छ । उनको अहिले खुद सम्पत्ति ७५ अर्ब अमेरिकी डलर अर्थात् ८५ खर्बभन्दा धेरै छ । जुन अहिलेकै आधारमा नेपाल सरकारको ५ वर्षको बजेटभन्दा धेरै हो ।

फेसबुक सीईओ जुकरबर्गको लागि एक दिनको समय त्यस्तो अपर्याप्त छैन । उनले त्यही एकदिनमा नै संसारलाई जोड्ने योजनादेखि घरपालुवा कुकुर डोहोर्‍याउने काम समेत गर्न भ्याएका हुन्छन् । त्यही दिन कुकुर डुलाउन पनि भ्याएका हुन्छन् । छोरीसँग भेट्न पनि भ्याएका हुन्छन् ।

आफ्नो जीवनलाई व्यवस्थित रुपले अघि बढाएका जुकरवर्ग ८ बजेमात्रै बिस्ताराबाट बाहिर निस्कन्छन् । बिस्ताराबाट उठेसँगै सबैभन्दा पहिले उनी आˆनो फोनमा फेसबुक, फेसबुक मेसेन्जर, र व्हाट्सएपको सबै फिचरहरुको जाँच गर्दछ । विभिन्न कार्यक्रममा उनले भनेका छन् । ‘उनको दैनिकी सधैं त्यही कामबाट सुरु हुन्छ ।’

आफ्नो लगानी भएका कम्पनीहरुको कामप्रति अद्यावधिक गरिसकेपछि उनको ध्यान परिवारतिरै मोडिन पुग्छ । आफ्नो शारीरिक सुरक्षाको कामलाई पनि उनले उठेलगत्तै सुरु गर्छन् ।

जुकरबर्ग हप्तामा तीन पटक व्यायाम गर्दछ । सोही क्रममा कहिलेकाँही उनी आफ्नो घरमा पालेको कुकुरसँगै व्यायामशालामा समेत जाने गर्छन् । टेक कम्पनीका प्रमुख कार्यकारी अधिकृतले अन्तराष्टि्रय सञ्चार संस्थाहरुलाई दिएको जानकारी अनुसार उनी आˆनो पाल्तु जनावरसँग दौडिन अधिक मन पराउँछन् ।

जुकरवर्गको सोचाई भिन्न किसिमको छ । आज के गर्ने होला ? भनेर उनी समय लगाएर सोच्ने गर्दैनन् । उनलाई सानातिना निर्णयमा समय खेरफाल्न मन लाग्दैन । कुनै समस्या आयो भने उनी तत्कालै त्यसको उपाय खोज्छन् । त्यसमा कुनै समय लिने र त्यसैमा घोत्लिने उनको बानी छैन । सन् २०१४ मा वार्डरोबसँगको अन्तर्वार्तामा जुकरवर्गले भनेका थिए ‘म आˆनो जीवनमा कुनैपनि कुराको बोझ राख्न चाहन्न । यो समुदायलाई राम्रोसँग कसरी सेवा गर्ने भन्नेबाहेक अरू कुनै पनि कुरामा मैले चिन्ता लिनु नपरोस् । मेरो यही सोचाई छ ।’

जुकरवर्गले आफूले सामाजिक सञ्जाल चलाउने र त्यसका कार्यालयीय रुपमा सहित गर्दा हप्तामा ५० देखि ६० घण्टा समय दिने गर्छन् । तर, उनको सोचाई भने लगातार सोशल मिडिया प्लेटर्फमको बारेमा नै हुने गर्छ । ‘म मेरो धेरैजसो समय संसारलाई कसरी जोड्ने र हाम्रो समुदायको सेवा कसरी गर्ने भन्ने सोचमा बिताउँछु । त्यो पनि मेरो कार्यालयको समय हो । धेरै समय कार्यालयमा बिताउँदैमा त्यसले कार्यालयलाई समय दिएको छ भन्ने हुँदैन ।’ सीएनएनसँगको एउटा अन्तर्वार्ताको क्रममा उनले भनेका थिए ।

दुई वर्षअघि भर्स म्यागाजिनले गरेको एक रिपोर्टमा जुकरवर्गसँग सामाजिक सञ्जालको व्यवस्थापनमा सहयोग गर्न १२ जना सहयोगीहरु रहेको उल्लेख गरेको छ । उनीहरुको काम नै अनुपयुक्त टिप्पणीहरू हटाउने र आफ्नो फेसबुक पेजमा अपडेट पोस्ट गर्ने रहेको छ ।

भनिन्छ, जुकरवर्ग कुनैपनि परिश्रमको काम गर्दैनन् । उनी केवल समय समयमा कामको बारेमा निगरानी गर्ने र केही समय नयाँ योजनाको लागि खर्चिने गर्छन् । उनी आफैं पनि अहिले चिनियाँ भाषा सिक्दैछन् । उनी पुस्तक अध्ययन तिर पनि धेरै समय दिने गर्छन् । उनले पछिल्लो समय कम्तिमा दुई हप्तामा एउटा नयाँ पुस्तक पढ्नैपर्ने नियम आफैंमाथि लगाएका छन् ।

उनी यात्रा गर्नमा धेरै रुचि राख्छन्, त्यो पनि परिवारसँग । उनले आफ्नो यात्रालाई भावी दिनमा राजनीतिमा आउने गरी विकास गराउँदै आएको देखिन्छ । केही समय अघिमात्रै जुकरबर्गले अमेरिकाको चारै तिर यात्रा गरेका थिए ।

उनको जीवन व्यक्तिगत मात्रै छैन । जुकरवर्गले आˆनी श्रीमती डा पि्रस्किल्ला चान र उनकी छोरी म्याक्ससँग पनि धेरै समय बिताउँने गरेका छन् । उनले डिसेम्बर २०१५ मा छोरी जन्मिएको बेलामा फेसबुकबाट दुई महिनाको अभिभावक बिदा लिएर छोरी र श्रीमतीको स्याहार गरेका थिए । सो समयमा उनले फेसबुकलाई एकाध बाहेक समय नै दिएनन् ।

उनी हरेक रात सुत्नुभन्दा पहिले परम्परागत रुपमा जिससको प्रार्थना गरेर मात्रै सुत्छन् । हरेक दिन कम्तिमा एक घण्टा उनले परिवारलाई समय दिएकै हुन्छन् र साथमा हप्ताको एक दिन उनले परिवारकै लागि समय छुट्याएका हुन्छन् ।

अन्तराष्ट्रिय  सञ्चारमाध्यमको सहयोगमा

यो पनि पढ्नुहोस भ्लादिमिर पुटिनको जीवनशैली : सधै स्वस्थ र तन्दुरुस्त

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment