Comments Add Comment

सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्पको धक्का

१२ मंसिर, काठमाडौं । सिन्धुपाल्चोक केन्द्रविन्दु भएर गएराति भूकम्प गएको छ ।

गएराति १० बजेर ८ मिनेट जाँदा सिन्धुपाल्चोकको फुल्पिङकोट केन्द्रविन्दु भएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार, भूकम्प ५ रेक्टर स्केल मापन गरिएको छ ।

भूकम्पको धक्का सिन्धुपाल्चोकसँगै दोलखा, काभ्रे, काठमाडौं उपत्यकालगायत स्थानसम्म महसुस भएको थियो ।

०७२ वैशाख १२ मा गोरखा केन्द्रविन्दु भएर गएको भूकम्पपछि लामो समय परकम्प गएको थियो । बुधबार राति भने परकम्प नभएर नयाँ भूकम्प नै गएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment