Comments Add Comment

आइएमई जनरल इन्स्योरेन्सको नायव प्रमुख कार्यकारी अधिकृतमा रेग्मी नियुक्त

१२ मंसिर, काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको नायव प्रमुख कार्यकारी अधिकृतमा शरण रेग्मी नियुक्त भएका छन् ।

सोही कम्पनीमा नायव महाप्रन्धक पदमा काम गरेका रेग्मीलाई सञ्चालक समितिले गत मंगलबारदेखि लागु हुने गरी नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

स्नातकोत्तर तह उत्तीर्ण रेग्मी गरी विगत २७ वर्षदेखि निर्जीवन बीमा तथा बित्त क्षेत्रमा कार्यरत छन् । बीमा तथा वित्त क्षेत्रलाई नजिकबाट नियालेका रेग्मीले सहायकस्तरबाट आफ्नो सेवा शुरु गरेका थिए ।

उनीसँग तत्कालीन एनआईडीसी क्यापिटल मार्केट लिमिटेड (हाल सनराईज क्यापिटलमा) २ वर्ष, युनाइटेड इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडमा ७ वर्ष, सगरमाथा इन्स्योरेन्स लिामिटेडमा ८ वर्ष, सिद्धार्थ डेभलपमेण्ट बैंक लिमिटेड (हाल जनता बैंक लिमिटेड) मा ६ वर्ष र आईएमई जनरल इन्स्योरेन्स लिमिटेडमा ४ वर्ष काम गरेको अनुभव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment