Comments Add Comment

एक हप्ता पनि हलमा टिक्न छाडे चलचित्र ?

गत शुक्रबारबाट रिलिज भएको थियो, नायक आर्यन सिग्देल र नायिका मिरुना मगर अभिनित चचित्र ‘च च हुई’ । यो चलचित्रले बक्स अफिसमा खराब व्यापार गर्यो । यतिसम्म कि, यो चलचित्र भोली शुक्रबारबाट अधिकांश मल्टिप्लेक्सबाट हटेको छ । अर्थात, आर्यन र मिरुनाको कमेडी जनराको चलचित्र एक हप्ता पनि हलमा टिकेन ।

बक्स अफिसमा राम्रो कमाई गर्ने अपेक्षा गरिएको चलचित्र एक साता पनि हलमा नटिक्दा निर्माताको लगानीको कती प्रतिशत अंश फिर्ता हुन्छ होला, सहजै अनुमान लगाउन सकिन्छ । कात्तिक २९ गते रिलिज भएको चलचित्र ‘मिस्टर नेपाली’ पनि हलमा एक साता पनि टिकेन । दोश्रो शुक्रबारदेखि यो चलचित्र अधिकांश हलबाट हट्यो ।

मल्टिप्लेक्सबाट हटेका यस्ता चलचित्रहरु धेरै पर्दा भएका सिंगल हलमा भने टिकिरहेका हुन्छन् । हलमा चलचित्र नै नभएपछि जर्बजस्ती संचालकले हलमा टिकाइराख्नु नयाँ कुरा नै भएन ।

कात्तिकको २२ गतेबाट रिलिज भएको चलचित्र ‘घामड शेरे’लाई पनि हलमा टिकिराख्न मुश्किल भयो । पहिलो साता नै राम्रो व्यापार गर्न नसकेको यो चलचित्र अधिकांश हलबाट उत्रिसकेको छ । निश्चल बस्नेत र स्वस्तिमा खड्काको जादु नचल्दा चलचित्र क्षेत्र नै अचम्मित भएको छ ।

कात्तिकको १५ गते रिलिज भएको चलचित्र ‘बादशाह जुट’ पनि हलमा एक साता पनि टिकेन । शुक्रबार रिलिजको दिनदेखि नै खराब व्यापार गरेको चलचित्रले दोश्रो साता छुनै सकेन ।

नेपाली चलचित्र बम्पर चलेको खण्डमा निर्माताले केही रकम कमाउँछन् । तर, चलचित्र यसरी उत्रिदा निर्माताको हालत खराब हुन्छ । आखिर, दर्शकको फ्लो हलमा किन हुन छाडेको होला ? के दर्शकले ब्रान्ड र सिरिज विनाका चलचित्रलाई पत्याउनै छाडेका हुन् त ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment