+
+
Shares

फिफा वरीयतामा नेपाल तीन स्थान तल

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १२ गते १६:०७

१२ मंसिर, काठमाडौं । फिफा वरियतामा नेपाल तीन स्थान तल झरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले जारी गरेको नयाँ वरीयतामा नेपाल तीन स्थान तल झर्दै १७०औं स्थानमा पुगेको हो ।

दक्षिण एसियाली देशमा नेपाल तेस्रो स्थानमा रहेको छ । नेपाल भन्दा माथि रहेको भारत १ सय आठौं र १ माल्दिभ्स सय ५५ औं स्थानमा रहेको छ ।

यस्तै बंगलादेश १ सय ८७ ‍औं, भुटान १ सय ८९ औं, पाकिस्तान २ सय १ औं र श्रीलंका २ सय ५ औं स्थानमा रहेको छ । विश्व वरियतामा भने बेल्जियम शीर्ष स्थानमा यथावत छ । यस्तै फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, इंग्ल्याण्ड चौथो र उरुग्वे पाँचौं स्थानमा रहेको छ ।

Results

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?