+
+
Shares

साग फुटबल हेर्न दशरथ रंगशालाका १४ हजार टिकट बिक्री गरिने

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १२ गते १६:५१

१२ मंसिर, काठमाडौं । झण्डै पाँच वर्षपछि दशरथ रंगशालमा फुटबल फर्किसकेको छ । १३ औं दक्षिण एसियाली खेलकुद सागको तयारीमा रहेको नेपालको यू २३ फुटबल टिमले दशरथ रंगशालमा प्रशिक्षण गरिसकेको छ ।

मंसिर १५ गते औपचारिक उद्घाटन हुने १३ औं सागको फुटबलतर्फका खेलहरु मंसिर १६ बाट शुरु हुँदैछन् । अब सागबाट नै फुटबललले दशरथ रंगशालमा पुनरागमन गर्नेछ ।

दशरथ रंगशालामा हुने साग फुटबलको लागि राष्ट्रिय खेलकुद परिषद्ले १४ हजार टिकट बिक्री गर्ने बताएको छ । १५ हजार क्षमताको भएपछि १४ हजार मात्र टिकट बिक्री गर्ने राखेप सदस्य सचिव रमेश सिलवालले जानकारी दिए ।

राखेपले सागका विभिन्न खेलका लागि अनलाइन टिकट बुकिङ गर्न सकिने र साग टिकट बुकिङका लागि ईसेवासँग सम्झौता भएको जानकारी दिए । रंगशालमा साधारणतर्फ ५ सय र भीआईपीतर्फ एक हजारको टिकट व्वयस्था गरिएको छ ।

Results

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?