 
																			१२ मंसीर, जनकपुरधाम । सबैभन्दा बढी सार्वजनिक बिदा दिएर चर्चामा आएको प्रदेश २ मा आगामी हप्ता पुनः दुई दिन सार्वजनिक बिदा हुने भएको छ ।
मंसिरमा विवाह पञ्चमीको अवसरमा एक दिन बिदा दिएको प्रदेश २ सरकारले यो बिदाको लगत्तै अर्काे बिदा दिने निर्णय समेत गरेको छ । विवाहपञ्चमीको अवसरमा मंसिर १५ गते आइतबार प्रदेशमा बिदा हुने सूची सरकारले यसअघि नै सार्वजनिक गरिसकेको छ ।
अर्काे बिदा भने मंसीर १७ गते मंगलबार हुने भएको छ । बारा जिल्लास्थित प्रसिद्व गढीमाइको पञ्चबर्षीय मेलाको अवसर पारेर मंगलबार बिदा दिइएको मुख्यमन्त्री कार्यालय जनकपुरधामले जनाएको छ । गत मंसिर ११ गते बसेको मन्त्रीपरिषद् बैठकले मंगलबार बिदा दिने निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4