Comments Add Comment

७५ रुपैयाँ जरिवाना नतिर्दा १६ जना पक्राउ

१२ मंसिर, विराटनगर । अदालतले तोकेको ७५ रुपैयाँ जरिवाना नतिर्दा विराटनगरबाट १६ जना पक्राउ परेका छन् । जुवा मुद्दामा जिल्ला अदालत मोरङबाट ७५ रुपैयाँ जरिवाना तोकिएका १६ जना ५ वर्षपछि पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा विराटनगर महानगरपालिका वडा नम्वर ६, ७ र ११ का हुन् ।

जुवा मुद्दामा २०७१ साल असार ३ गते १६ जना विरुद्ध जनही ७५ रुपैयाँका दरले जरिवानाको फैसला भएको थियो । फैसलापछि जरिवाना नबुझाएका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङले आइतबार पक्राउ गरी सोमबार अदालतमा बुझाएका थियो ।

अदालतको फैसला कार्यान्यव अभियान अन्तरगत जुवा मुद्दामा फरार रहेकाहरुसहित अन्य मुद्दामा दोषी ठहर भई भागीरहेका ४६ जनालाई प्रहरीले आइतबार पक्राउ गरेको थियो ।

७५ रुपैयाँ जरिवाना नबुझाएका कारण उनीहरु एक दिन प्रहरी नियन्त्रणमा बसेका थिए ।
प्रहरीले जुवा मुद्दामा फरार रहेका विराटनगर– ६ का अरुण सहनी, पिन्टु पाशवान, विरेन्द्र सहनी, रबिकुमार मुखिया, बिमल मुखिया, विराटनगर ७ का सत्यनारायण भगत, विराटनगर ११ का सम्भु सहनी विराटनगर– ६ कै हरिशचन्द्र सहनी, रामथान साहलाई पक्राउ गरेको थियो ।

त्यस्तै विराटनगर ११ का श्यामबहादुर साह, दिलिप सहनी, विराटनगर ६ का नागेन्द्र दास, महमद स्वराती, सागर शर्मा, सञ्जय शर्मा, सञ्जय महतो र विराटनगर ७ का अरुण सहनी पक्राउ परेका थिए । उनीहरु जनही ७५ रुपैयाँ जरिवाना बुझाएर छुटेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment