Comments Add Comment

आस्थाको ‘आधार भाग २’ सार्वजनिक

‘दि भ्वाइस अफ नेपाल’को निर्णायक समेत रहेकी गायिका आस्था राउतको ‘आधार भाग २’ एल्बम सार्वजनिक गरिएको छ । म्यूजिक नेपालले उत्पादन गरेको एल्बमलाई बिहिबार काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको छ ।

हाँस्य कलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको साथमा संगीतकार सुरेश अधिकारी, गायक राजु लामा, आस्थाका बाबु हरिबहादुर राउत र आमा साबित्री राउतले एल्बमको सार्वजनिक गरे । कलाकार हरिवंश आचार्यले आस्थाको स्वर फरक रहेको भन्दै प्रशंसा गरे ।

यो एल्बममा ‘दशै आयो तिहार आयो’, ‘कलधारा’, ‘हवाइजहाजको टिकट’, ‘सिमाना’, ‘राम साइली’, ‘नाकैमा फूली’, ‘को छ यहाँ र झलझल गर्ने’ बोलका गीत छन् । यी गीतमध्ये ‘को छ यहाँ ’बोलको गीतमा आस्थाकी आमा साबित्री राउतको शब्द छ । बाँकी ७ वटा गीतमा सुरेश अधिकारीको शब्द तथा संगीत छ ।

कार्यक्रममा ‘नाकैमा फुली’ गीतको भिडियो पनि सार्वजनिक गरिएको थियो । शान थापाले निर्देशन गरेको भिडियोमा आँचल शर्मा र महेश खड्कालाई फिचरिङ गरिएको छ । भिडियोमा सुप्रिम पराजुलीको सम्पादन र अनिल के मानन्धरको छायांकन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment