Comments Add Comment

‘नालापानी’ हेरेपछि प्रधानसेनापतिले गरे तारिफ

चलचित्र ‘नालापानी’ हलमा रिलिज भएको छैन । तर, यो चलचित्रको विशेष प्रदर्शनी नेपाली सेनाको मुख्यालयमा गरिएको छ । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा लगायतको टिमले यो चलचित्र हेरेको छ ।

चलचित्र हेरिसकेपछि उनले भने–‘नालापानीेले नेपालको रक्षाको लागि पुर्खाले गरेको योगदान विर्सन दिदैन । हामीले हाम्रो इतिहासलाई विर्सियौय भने हाम्रो राष्ट्रलाई पनि विर्सिन्छौ । राष्ट्रको रक्षा लागि सेनाले मात्र नभएर सेना र जनता दुबैले सहकार्य गर्ने हो भने असम्भव केही पनि छैन ।’

विशेष शोमा राष्ट्रपतिका स्वकिय सचिव भेषराज अधिकारी सहित ३०० जना बढी नेपाली सेनाका अधिकारीहरुले चलचित्र हेरेका थिए । सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अंगे्रज र नेपालको युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर वलभद्र कुँवरले लडेको ऐतिहासिक लडाइलाई आधार बनाएर यो चलचित्र निर्माण भएको छ । यो चलचित्रलाई रिमेश अधिकारीले निर्देशन गरेका हुन् ।

चलचित्रमा देशभक्त खनाल, अर्जुनजंग शाही, सन्तोष पन्त, मनोज शाक्य, विशाल पहारी, विजय विष्फोटा, पुजना प्रधान लगायतका कलाकारको अभिनय छ । चलचित्रको लेखन रिमेश अधिकारी र कृष्ण आचार्यले मिलेर गरेका हुन् । चलचित्रमा रोशन श्रेष्ठको एकसन, रामशरण उप्रेतीको छायांकन, विपिन मल्लको सम्पादन छ । चलचित्रको रिलिज मिति तय गरिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment