Comments Add Comment

सागमा पुरुष भलिबलको पदक सपना अधुरै

भारतसँग हँर्दै प्रतियोगिताबाट बाहिरियो

१३ मंसिर, काठमाडौं । घरेलु मैदानमा भइरहेको १३ औं दक्षिण एसियाली कुलकुद (साग)मा पुरुष भलिबलको लक्ष्य थियो पदक । तर समूह चरणबाटै बाहिरिएको छ र पदक जित्ने धोको अधुरै रहृयो ।

शुक्रबार समूह चरणको दोस्रो खेलमा नेपाल स्वर्णको दाबेदार भारतसँग ३-० को सोझो सेटमा पराजित भयो । त्रिपुरेश्वरस्थित राखेपका कभर्डहलमा भएको खेलमा भारतले नेपाललाई २५१५, २५-१३, २५-१६ ले पराजित गर्‍यो ।

यसअघि पहिलो खेलमा नेपाल, बंगलादेशसँग ३-२ को सेटमा पराजित भएको थियो ।

यदि त्यो खेल जितेको भए नेपाल भारतसँग व्यहोरेको हारका बाबजुद उपविजेताका रुपमा सेमिफाइनलमा पुग्ने थियो र पदकको सम्भावना पनि रहन्थ्यो ।

तर पदक जित्दै दक्षिण एसियाली खेलकुदमा ईतिहास बनाउने लक्ष्य पुराहुन सकेन ।

प्रतियोगिताबाट बाहिरिएपछि नेपाली टिमका कुलबहादुर थापाले भारत र नेपालको स्तर नै फरक रहेकेा बताए । भलिबलमा सरकार लगायत सबैले लगानी गर्नुपर्ने र खेलिरहनुपर्ने बताए । ‘पहिलो कुरा भनेको १२ महिना खेल्ने वातावरण हुनुपर्छ । भविश्य सुनिश्चत नहुँदासम्म खेलेर केही गर्न सकिन्न’, उनले भने ।

नेपाली टिममा पहिलाभन्दा केही सुधार आएपनि अझै पनि ढुक्क हुने अवस्था नरहेको उनले सुनाए । ‘सबैले लगानी गर्ने नियमित खेल्ने हो भने सायद २/३ वर्ष वा ५ वर्षमा भारतलाई हराउन सकिन्छ’, नियमित कप्तान इम मगरको सट्टा पोष्ट म्याच कन्फ्रेन्समा उपस्थित भएका कुल थापाले भने ।

भारतले ओलम्पिक छनोट खेल्छ । एसियन च्याम्पियनसिप खेल्छ । तर नेपालले सेन्ट्रल जोनसम्म खेल्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment