Comments Add Comment

रोकिएन तस्करी, ५ वर्षमा ५.६७ क्विन्टल सुन बरामद

१४ मंसिर, काठमाडौं । प्रधानमन्त्रीको स्वास्थ्य, उपनिर्वाचन र दक्षिण एसियाली खेलकुदसँग सम्बन्धित विषयले आजका दैनिक पत्रिकाहरूमा प्राथमिकता पाएका छन् । यसबाहेक महिला बेचबिखन, सुनतस्करी, सार्वजनिक जग्गा अतिक्रमणलगायत विषयलाई पनि पत्रपत्रिकाहरूले उठाएका छन् ।  साथमा शनिबारीय सामग्री त छँदैछ ।

अन्नपूर्ण, नागरिक र राजधानीले कीर्तिमानी खेलाडी साग त्यागेर वैदेशिक रोजगारीमा गएको लेखेका छन् । एथ्लेटिक्सको कीर्तिमानी खेलाडी तुलसा खत्री १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता छाडेर वैदेशिक रोजगारीका लागि कतार उडेकी हुन् ।

राजधानीका अनुसार चीनको उहानमा केही समयअघि भएको सातौं गीष्मकालीन खेलकुद प्रतियोगितामा नेपाली सेनाकी खत्रीले राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । उनले ४ सय मिटर दौडमा ५९.५७ सेकेन्डमा दूरी पार गर्दै राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । आठौं राष्ट्रिय खेलकुदमा पनि उनले सेनाबाट प्रतिनिधित्व गर्दै स्वर्णपदक हात पारेकी थिइन् । त्यसैले उनलाई दक्षिण एसियाली खेलकुद (साग) मा पनि स्वर्णपदकको प्रवल दावेदार ठानिएको थियो ।

अन्नपूर्णका अनुसार, मन्दिर जान्छु भन्दै बन्द प्रशिक्षणबाट निस्किएकी उनी जहाज चढेर कतार पुगेकी छन् ।

‘राष्ट्रको जर्सी लगाएर अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नु हरेक खेलाडीको धोको हुन्छ । त्यसमाथि सागजस्तो ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने सपना साँचेर थुप्रै खेलाडी दिनरात मैदानमा पसिना बगाउँछन् । तर, मुखैमा आएको १३ औं सागको तयारीमा रहेकी तुलसाको गरिबी बाध्यतालाई सम्भावित पदकले रोक्न सकेन’, अन्नपूर्णले लेखेको छ ।

नागरिकका अनुसार, तुलसाले आफ्नो प्रशिक्षकलाई देशका लागि खेल्ने चाहना हुँदाहुँदै म झूट बोल्न बाध्य भएँ । मेरो जीवन सहज पार्न कतार हिँडेँ भन्ने सन्देश पठाएकी छन् ।

५ वर्षमा ५.६७ क्विन्टल सुन बरामद

कान्तिपुरले पछिल्ला ५ वर्षको सुन तस्करी अवस्थाबारे मुख्य समाचार बनाएको छ । समाचार अनुसार, बितेका ५ वर्ष र ०७६ को ८ महिनामा ५.६७ क्विन्टल सुन बरामद भएको छ ।

कान्तिपुरका अनुसार ०७१ मा १११ केजी, ०६२ ६२ केजी, ०७३ मा ९१ केजी र ०७४ मा १७९ केजी सुन तस्करी गरेर ल्याउँदै गर्दा बरामद भएको छ । अघिल्लो वर्ष ०७५ मा ८९ र ०७६ को ८ महिनामा २९ केजी सुन बरामद भइसकेका छन् ।
हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment