Comments Add Comment

कडा सुरक्षा व्यवस्थाबीच दाङमा उपचुनाव, नमूना मतदान केन्द्रमा महिलामात्रै कर्मचारी

१४ मंसिर, दाङ । दाङको निर्वाचन क्षेत्र नं. ३ (ख) र घोराही उपमहानगरपालिका–१६ को अध्यक्षका लागि शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ ।

मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले दाङ क्षेत्र नंं ३ (ख) र घोराही उपमहानगरापलिका– १६ मा सौहार्दपूर्ण ढंगले मतदान भइरहेको बताए ।

निर्वाचनका लागि ३ सय ३८ पुरुष र ७२ जना महिला गरी ४ सय १० जना कर्मचारी खटिएका छन् भने ३ सय २६ जना स्वयम सेवक नियुक्त भएका छन् । ३४ मतदानस्थल, ८२ मतदान केन्द्रका लागि ८२ मतदान अधिकृत र त्यति नै सहायक मतदान अधिकृतले काम गर्दैछन् ।

प्रदेश सभाको निर्वाचनमा ३४ हजार ९ सय ४० महिला र ३६ हजार ७ सय ७८ जना पुरुष सहभागी हुनेछन् भने एक जना तेस्रो लिंगी समुदायका मतदाता समेत सहभागी हुनेछन् ।

घोराही उपमहानगरपालिका वडा नं. १६ को निर्वाचनमा ४ हजार ४ सय ५३ मतदाताका लागि प्राप्त भएको ४ हजार ९ सय मतपत्र मध्य ४ हजार ४ सय ८२ मतपत्र बुथहरुमा पठाइएको मुख्य निर्वाचन अधिकृत थापाले बताए ।

वडा अध्यक्ष निर्वाचनका लागि घोराही उपमहानगरपालिका वडा नं. १६ मा २ हजार ३ सय ६५ जना महिला र २ हजार ८८ जना पुरुष सहभागी हुने निर्वाचन कार्यालयले बताएको छ । मुख्य निर्वाचन अधिकृत थापाका अनुसार घोराही उपमहानगरपालिका वडा नं. १६ अन्र्तगत आधारभुत विद्यालय बाहुनडाँडा (क) मतदान केन्द्रलाई नमूना केन्द्र बनाइएको छ । त्यहाँ सम्पूर्ण महिला कर्मचारीहरू खटाइएको छ ।

सुरक्षा व्यवस्था कडा

तीन तहको घेरामा व्यवस्था गरिएको सुरक्षा व्यवस्थाका लागि दुई हजारभन्दा बढी सुरक्षाकर्मीहरु खटाइएको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताएका छन् । निर्वाचनको सुरक्षालाई दृष्टिगत गरी जिल्लाको सुरक्षाकर्मीको साथै छिमेकी जिल्लाबाट पनि सुरक्षाकर्मीको व्यवस्थापन गरिएको उनले जानकारी दिए ।

मनोनयन दर्ता भएसँगै सुरक्षा व्यवस्थालाई कडा बनाइएको बताउँदै प्रमुख जिल्ला अधिकारी रिजालले अस्थायी बेसदेखि गस्ती गर्ने र पेट्रोलियम टोलीसम्मको व्यवस्था गरिएको बताए ।

शिवु खनालबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment