Comments Add Comment

सखुवा प्रसौनी ५ मा उपनिर्वाचन : शान्तिपूर्ण मतदान जारी, ६३ प्रतिशत मत खस्यो

१४ मंसिर, वीरगञ्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नं. ५ महुवनमा वडाध्यक्षको लागि भइरहेको मतदान शान्तिपूर्ण रुपमा सञ्चालन भइरहेको निर्यावचन आयोगले जनाएको छ ।

मुख्य निर्वाचन अधिकृत प्रकाश खरेलका अनुसार दिउँसो १ बजेसम्ममा ६३ प्रतिशत भन्दा बढी मत खसिसकेको छ । वडाध्यक्षको पदका लागि भइरहेको उपचुनावमा २ हजार ६ सय २ जना मतदाताले मतदान गर्नेछन् । बिहान सात बजेदेखि सुरु भएको मतदानमा १ हजार ६ सय ५१ जनाले मतदात गरिसकेको उनले बताए । कडा सुरक्षा व्यवस्थाकाबीच नेपाल राष्ट्रिय मा.वि. महुवन स्थित मतदान केन्द्रमा शान्तिपूर्ण ढंगले मतदान भइरहेको जिल्ला निर्वाचन अधिकारी रञ्जिता झाले बताईन् ।

मतदान केन्द्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले सुरक्षा दिइरहेका छन् । मतदान केन्द्र भन्दा ५ सय मिटर टाढा मतदातालाई राखिएको छ । उम्मेदवारको समर्थनमा विभिन्न दलका नेता, कार्यकर्ता र स्थानीय सर्वसाधरणको मतदान केन्द्रमा भिड लागेको छ ।

वडा अध्यक्षमा उम्मेदवारी दिएका नेपाली कांग्रेस, नेकपा र समाजवादी पार्टीका उम्मेदवारबीच प्रतिस्पर्धा हुने अनुमान छ । कांग्रेसबाट अशेश्वर यादव, नेकपाबाट उदयशंकर रौनीयार र समाजवादी पार्टीका तर्फबाट तत्कालीन वडा अध्यक्ष बृजमोहन यादवको जेठो छोरा रुपलाल यादव चुनावी मैदानमा छन् ।

तत्कालीन संघीय समाजवादी फोरमबाट निर्वाचित वडाध्यक्ष बृजमोहन यादवको हृदयघातका कारण मृत्यु भएको थियो । कुल खसेको १८ सय ७६ मत मध्ये उनले ६९४ मत ल्याएका थिए ।

गाउँपालिका अध्यक्षमा समाजवादी पार्टीले जितेको छ । तर गाउँपालिकाको निर्वाचनमा नेकपा एमालेबाट उम्मेदवार बनेका निरराज गिरी कांग्रेसमा प्रवेश गरेका छन । त्यसले वडा अध्यक्षको चुनावमा समेत प्रभाव पार्ने कतिपयको बुझाई छ ।

अशेश्वर यादव राजनीतिक व्यक्तित्व नै हुन् । त्यसमा निर गिरीको समर्थनले गर्दा चुनावी दौडमा यादव अगाडि हुने आकंलन छ । तर स्थिर भएर राजनीति नगर्ने उनको कमजोर पक्ष हो । असेश्वर र रुपलाल दुवै यादव समुदायको र बलुवा टोलकै भएका कारण भोट बाँडिने  पक्का छ । द्विपक्षीय संघर्षको बीचबाट महुवनका रौनीयार निर्वाचित हुन सक्ने तर्क राख्नेहरु पनि कम छैनन । तत्कालिन एमाले र एकीकृत माओवादीको एकताले पनि उनलाई बल पु¥याएको छ ।

सखुवा प्रसौनी– ५ मा महुवन, बलुवा र सोलखपुर गाउँ पर्दछ । राप्रपाले महुवनकै सदरी महरालाई उठाएको छ भने एक जना स्वतन्त्र उम्मेदवार पनि चुनावी मैदानमा छन् । स्वतन्त्र उम्मेदवारी दिएका महुवनकै गोपाल साह कानुलाई नेपाल समाजवादी पार्टीका नेता राजकुमार यादवको साथ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment