Comments Add Comment

सरसफाईका लागि वीरगञ्ज-रक्सौल नाका पुगे नगर प्रमुख सरावगी

१४ मंसिर, वीरगञ्ज । वीरगञ्ज स्थित शंकराचार्य गेट आसपासको क्षेत्रमा शनिबार सरसफाई गरिएको छ । ‘भोलुन्टर ग्रुप’ को आव्हानमा तेस्रो साता समेत सरसफाई गरिएको हो । सरसफाई अभियन्ताले सरसफाईपछि शंकराचार्य गेटदेखि दक्षितर्फ उभिएर राष्ट्रिय गान समेत गाएका थिए ।

देशको मुख्य नाका वीरगञ्ज–रक्सौल नाका सफाईको तेस्रो साता नगर प्रमुख विजय कुमार सरावगी स्वयं नाका पुगेका छन् । प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेत सहित नाका पुगेर उनले सरसफाई अभियानमा एक्येबद्धता जनाएका हुन् ।

नगर प्रमुख सरावगीले त्यहाँ रहेको सार्वजनिक शौचालय मर्मत गर्ने र शुद्ध पिउने पानीको प्रबन्ध मिलाउने आश्वासन दिएको भोलुन्टर ग्रुपका संयोजक राजन श्रीवास्तवले जानकारी दिए ।

‘नियमित जस्तै झाडु लगाएर बढार्‍यौं महानगरपालिकाको दमकलले पानी हाल्यो । शंकराचार्य गेट परिसरमा रहेको पुरानो राष्ट्रिय झण्डा फेरेर नयाँ लगायौं र राष्ट्रिय गान बजाएर सम्मान प्रकट गर्‍यौं ।’ श्रीवास्तवले भने ‘नगर पिता स्वयं नाका पुगेर भोलुन्टर साथीहरुलाई हौंसला बढाउनुभएको छ, नाका क्षेत्रको अवस्था पहिले भन्दा निकै फेरिएको छ । ’

सरसफाईका लागि भोलुन्टरलाई साथ दिन विपिसी कलेजका विद्यार्थी लगायत अन्य नाका पुगेका थिए ।

नगर प्रमुख सरावगीले नाका हुँदै आउने यात्रुको स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउने बताए । ‘पहिला ईमिग्रेसन अफिस बसेको घर खाली छ । त्यहाँ नाका हुँदै आउने यात्रुको स्वास्थ्य परीक्षण गर्ने गरि आवश्यक व्यवस्था मिलाउँछौं ।’ नगर प्रमुख सरावगीले भने ‘ मितेरी पुलदेखि रजतजयन्ती चोकसम्मको खाल्डाखुल्डी पुर्न पनि भनेको छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment