Comments Add Comment

उपचुनाव अपडेट : १ बजेसम्म ५३ प्रतिशत मत खस्यो

१४ मंसिर, काठमाडौं । प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका ५२ पदका लागि भएको उपचुनावमा मतदान जारी छ । दिउँसो १ बजेसम्म ५३ प्रतिशत मत खसेको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

उपचुनाव भएको प्रतिनिधिसभाको एक मात्र क्षेत्र कास्की- २ मा ४५ प्रतिशत मत खसेको छ । एउटा मात्रै उपमहानगरपालिका धरानमा २ बजेसम्म ४५ प्रतिशत मत मात्रै  खसेको छ ।

केही ठाउँ बाहेक दिउँसोसम्म शान्तिपूर्ण रुपमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ ।

आज मात्रै कास्कीका बिभिन्न ४ वटा मतदान स्थलमा फरक-फरक समयमा बम विस्फोट भएको थियो भने डोटीमा पनि बम भेटिएको थियो । यस बाहेक झडप र अन्य कुनै घटना नभएको निर्वाचन आयोगले जनाएको छ ।

आज शनिबार प्रतिनिधि सभाको कास्की क्षेत्र नं. २, प्रदेशसभातर्फ बागलुङ २ (ख), भक्तपुर १ (क) र दाङमा ३ (ख)मा मतदान भइरहेके छ ।

यस्तै, धरान उपमहानगरपालिका, मकालु, पिपरा, फाल्गुनन्द गाउँपालिकामा प्रमुख, खार्पुनाथ गाउँपालिकामा उपप्रमुख र ४३ वडाध्यक्षका लागि मतदान जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment