Comments Add Comment

वडाध्यक्षको नतिजा, कहाँ कसले जित्यो ? (अपडेट)

१५ मंसिर, काठमाडौं । शनिबार सम्पन्न उपनिर्वाचनमा कुल ४३ वडाध्यक्षहरु चुनावी मैदानमा थिए । उनीहरुमध्ये अधिकांशको चुनावी नतिजा रातारात आइसकेको छ । सबैभन्दा पहिले १६ प्रतिशत मात्र मत थसेको रोल्पाको थबाङबाट वडाध्यक्षको चुनावी नतिजा आउन थालेको हो ।

शनिबार साँझदेखि हामीलाई प्राप्त  वडाध्यक्षहरुको चुनावी नतिजा  यस्तो छ –

 

उमाकुण्ड गाउँपालिका-५ (रामेछाप)

नेकपा, कुलबहादुर बस्नेत- ७६९ (विजयी)
कांग्रेस, साबित्री सुनुवार- ३८०
खसेको मत-१०७३

०००००

बडिगाड गाउँँपालिका- २ (बागलुङ)

नेकपा,ढालप्रसाद शेरचन –७०७ (विजयी)

कांग्रेस, डिलबहादुर राना –४१२

कूल मतदाता – १७४२

खसेको मत – ११३४

००००००

बौदिकाली गाउँपालिका- ५ (पूर्वी नवलपरासी)

नेकपा, खिमबहादुर खरूमगर- ३६७ मत (विजयी))
कांग्रेस, तुल बहादुर राना- २३१
कूल मतदाता ८५३
खसेको मत- ६१५

००००००

प्यूठान नगरपालिका-२, (प्यूठान)

नेकपा, मुक्ति पोख्रेल- ११२७ विजयी
कांग्रेस, मोहन सिंह विष्ट- ८४३
कूल मतदाता- ३०२१
खसेको मत- १९९५

०००००

सुनर्या गाउँपालिका वडा नं १ (बैतडी)

कांग्रेस, गजेन्द्रबहादुर चन्द – २१९ (विजयी)

नेकपा, धनबहादुर चन्द २१५

कुल मतदाता– ६१९

खसेको मत–४३८

(यसअघिको चुनाव पनि कांग्रेसले नै जितेको थियो)

 

०००००

हरिपूर्वा नगरपालिका वडा नं १ (सर्लाही)

समाजवादी पार्टी, श्यामबाबु राय ३४७ (विजयी)

राजपा, रामविश्वास राय ३२८

जनमत पार्टी– ५२

कांग्रेस– २३

कुल मतदाता– १३५६

खसेको मत–१०९३

(यसअघिको चुनाव नेकपाले जितेको थियो)

 

०००००

घोराही नगरपालिका वडा नं १६ ( दाङ )

कांग्रेस, ताराबहादुर डीसी १२१८ (विजयी)

नेकपा सुरेशबहादुर केसी , १११७

(यसअघिको चुनाव नेकपाले जितेको थियो)

 

०००००

मालारानी गाउँपालिका वडा नं ३ ( अर्घाखाँची )

कांग्रेस, शोभाकर खनाल १०५९ (विजयी)

नेकपा, यामलाल खनाल १०५३

कुल मतदाता– ३०३०

खसेको मत–२२२५

(यसअघिको चुनाव नेकपाले जितेको थियो)

 

०००००

खैरहनी नगरपालिका वडा नं ४ ( चितवन )

कांग्रेस, देवबहादुर बस्नेत ११३८ (विजयी)

नेकपा, वेदबहादुर अधिकारी, ९८६

कुल मतदाता–

खसेको मत–२१७२

(यसअघिको चुनाव पनि कांग्रेसले नै जितेको थियो)

 

०००००

खैरहनी नगरपालिका वडा नं ५ ( चितवन )

कांग्रेस, प्रतिमा बस्नेत कार्की ८४२ (विजयी)

नेकपा, पुननारायण प्र्रधान ७५६

खसेको मत–१६७०

(यसअघिको चुनाव नेकपाले जितेको थियो)

 

०००००

धुलिखेल नगरपालिका वडा नं २ (काभ्रे)

नेकपा, देव कोइराला ८६७ (विजयी)

कांग्रेस, दणबहाुदर खत्री ५८२

राजपा, बासु थापा – ३२

राप्रपा संयुक्त, कृष्ण तामाङ – ६

खसेको मत– १५०२

(यसअघिको पनि चुनाव नेकपाले नै जितेको थियो)

 

०००००

रुरु गाउँपालिका वडा नं ६ (गुल्मीे)

नेकपा, गिरीप्रसाद सिँजाली ८०२ (विजयी)

कांग्रेस, वेदप्रसाद दर्लामी, ७२७

कुल मतदाता– २०४८

खसेको मत– १५४४

(यसअघिको चुनाव पनि नेकपाले नै जितेको थियो)

 

०००००

खाँदबारी नगरपालिका वडा नं ३ ( संखुवासभा )

नेकपा, भरतकुमार घिमिरे ७९६ (विजयी)

कांग्रेस, विक्रम गुरुङ ४६७

कुल मतदाता– १८२२

खसेको मत–१२७०

(यसअघिको चुनाव पनि नेकपाले नै जितेको थियो)

 

००००

दक्षिणकाली नगरपालिका वडा नं ३ ( काठमाडौं )

नेकपा, शिवभक्त वलामी ६१८ (विजयी)

कांग्रेस, जयशंकर केसी २७८

(यसअघिको चुनाव पनि नेकपाले नै जितेको थियो)

 

०००००

सखुवा प्रसौनी गाउँपालिका वडा नं ५ ( पर्सा )

समाजवादी, रुपलाल यादव १०३१ (विजयी)

कांग्रेस, अशेश्वर यादव ८१९

नेकपा, उदयशंकर रौनियार २३२

कुल मतदाता–

खसेको मत–२१७२

(यसअघिको चुनाव पनि समाजवादीले नै जितेको थियो)

 

०००००

गढीमाई नगरपालिका वडा नं २ ( रौतहट )

कांग्रेस, दीपेन श्रेष्ठ ७७१ (विजयी)

नेकपा ५९६

समाजवादी १२२

(यसअघिको चुनाव राजपाले जितेको थियो)

 

०००००

थबाङ गाउँपालिका वडा नं १ (रोल्पा)

नेकपाका जनकबहादुर बूढामगर १७४ (विजयी)

कांग्रेसका कमलबहादुर रोका मगर– २६

कुल मतदाता– १२८४

खसेको मत–२०९

(यसअघिको चुनाव स्वतन्त्र उर्फ विप्लव समूहले जितेको थियो)

 

०००००

कुमाखमालिका गाउँपालिका वडा नं ५ (सल्यान)

नेकपा, धर्मे बूढाथोकी ७९२ (विजयी)

कांग्रेस, २५१

राप्रपा २१

(यसअघिको चुनाव पनि नेकपाले नै जितेको थियो)

 

०००००

सुन्दर बजार नगरपालिका वडा नं २ ( लमजुङ )

नेकपा, नवीन कुमार श्रेष्ठ ९९३ (विजयी)

कांग्रेस, प्रकाश सेढाएँ ४८२

(यसअघिको चुनाव पनि नेकपाले नै जितेको थियो)

००००००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment