Comments Add Comment

चितवनमा नेकपालाई धक्का, एमालेले एक्लै जितेको वडा नेकपाले गुमायो

१५ मंसिर, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृहजिल्ला चितवनका तीनवटा वडामा भएको निर्वाचनमा नेकपाका सबै उम्मेदवारहरुले पराजय भोगेका छन् । यसअघि एमालेले एक्लैले जितेका वडामा समेत माओवादी रएमाले मिल्दासमेत कांग्रेसले जित हात पारेको छ ।

पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नः ४, वडा नः ५ र भरतपुर महानगरपालिका वडा नः १६ मा वडाध्यक्ष पदमा भएको निर्वाचनमा कांग्रेस उम्मेदवारहरु विजयी भए ।

नेकपाका अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्र नं ३ मा पर्ने भरतपुर महानगरपालिका वडा नः १६ मा कांग्रेसका उम्मेदवार अमृतराज हमाल विजयी भए । उनले नेकपाका उम्मेदवारलाई ३०८ मतको फराकिलो अन्तरले हराए । अमृतराजले ३१८३ मत प्राप्त गरे भने भक्तराज ले २८७५ मत प्राप्त गरे । यसअघि यो वडामा तत्कालीन नेकपा एमालेका उम्मेद्वार चतुरमान गुरुङ विजयी प्लानलसहित विजयी भएका थिए । उनको गत असोजमा क्यान्सर रोग लागेका कारणले निधन भएको थियो । २०७४ मा भएको निर्वाचनमा अमृत हमाललाई गुरुङले ६४ मतले पराजित गरेका थिए भने, अन्य सदस्यमा नेकपाका उम्मेदवारहरु फराकिलो मतले विजयी भएका थिए ।

तत्कालीन एमालेले एक्लैले जितेको ठाँउमा माओवादी केन्द्र मिल्दासमेत पार्टी उम्मेदवार पराजय भएको भनेर जिल्लामा नेतृत्वको आलोचना भएको छ । वडा नं १६ राष्ट्रिय सभाकी सांसद पार्वती रावलको वडासमेत हो ।

उता, पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नः ४ र ५ मा पनि कांग्रेसका उम्मेदवारहरु नै विजयी भएका छन् ।

सवारी दुर्घटनामा कांग्रेसबाट निर्वाचित दुवैजना वडाध्यक्षहरुको निधनपछि भएको उपनिर्वाचनमा पनि कांग्रेसकै उम्मेदवारहरु विजयी भए । खैरहनी–४ मा कांग्रेसका देवबहादुर बस्नेतसँग नेकपाका बेदबहादुर अधिकारी १५२ मतले पराजित भएका छन् । गत स्थानीय तहको निर्वाचनमा तत्कालीन एमाले उम्मेदवार निकै कम मतले पराजित भएका थिए ।

खैरहनी–५ मा कांग्रेसकी उम्मेदवार प्रतिमा कार्कीले नेकपाका पुननारायण प्रधानलाई हराइन् नेपाली काँग्रेसकी उम्मेदवार प्रतिमा कार्कीले नेकपाका पुननारायण प्रधानलाई ८६ मत अन्तरले पराजित गरेकी हुन् ।

कार्कीले ८४२ मत र प्रधानले ७५६ मत प्राप्त गरेका छन् । चितवन निर्वाचन क्षेत्र नः १ मा पर्ने खैरहनी नगरपालिका नेकपाका अर्का प्रभावशाली नेता तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेको निर्वाचन क्षेत्रमा पर्छ । पार्टी एकीकरणपछिको अवस्थामा पनि चितवनमा नेकपा तत्कालीन एमालेभन्दा पनि कमजोर देखिएको छ ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनमा पार्टीभित्र गुटवन्दी, आन्तरीक समस्या र एकले अर्कोलाई सिध्याउने गम्भीर खेलका कारण अल्सर भएको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment