Comments Add Comment

कास्की–२ मा विद्याको अग्रता बढेको बढ्यै

१५ मंसिर, पोखरा । कास्की-२ को मतगणना जारी छ । प्रारम्भिक गणनामा अग्रता लिएकी विद्या भट्टराईले अग्रता बढाउँदै लगेकी छन् । १ हजार १ सयले सुरुमा लिड गरेकी उनले यसलाई बढाएर ४ हजार ५ सय ८३ पुर्‍याएकी छन् ।

पोखरा महानगरपालिकाको ३ वडाको मतगणना सकिँदा भट्टराईले ८२६५  मतले आफ्ना प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवारलाई पछि पारेकी हुन् ।

प्राप्त परिणामअनुसार विद्याले ८२६५ मत हासिल गर्दा कांग्रेस उम्मेदवार खेमराज पौडेलले ३६८२ मतका साथ नेकपा उम्मेदवारलाई पछ्याइरहेका छन् ।

राप्रपा (गाई)ले १८६ र समाजवादीले १७२ मत प्राप्त गरेको छन् ।

कास्की २ मा भएको उपनिर्वाचनमा ४५ हजार ५ सय ६३ मत खसेको छ । यो निर्वाचन क्षेत्रमा ७१ हजार ८ सय ७१ मतदाता थिए । ६३ दशमलब ४० प्रतिशत मात्र मत खसेको हो ।

पोखरा महानगरको ११ वटा वडा यो क्षेत्रमा पर्छ । यहाँ ३२ मतस्थलमा ८२ वटा मतदान केन्द्र थिए।

यहाँ ११ वटा दलीय र १० जना स्वतन्त्र गरी २१ जना उम्मेदवार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment