Comments Add Comment

तनहुँमा आतंक मच्चाउने अर्काे चितुवा पनि खोरमा

१५ मंसिर, चितवन । तनहुँको भानु नगरपालिका-३ मा फेरि अर्को चितुवा खोरमा परेको छ । नगरपालिकाको रिडिपानीस्थित धराने कालिका सामुदायिक वनमा थापिएको परम्परागत खोरमा शनिबार राति चितुवा खोरमा परेको हो ।

सामुदायिक वन उपभोक्ता समितिले वनभित्र खोर बनाइ बाख्रा राखेर पासो थापेको थियो । करिब ५५ किलो तौल भएको पोथी चितुवा खोरमा परेको वडा अध्यक्ष दलनारायण श्रेष्ठले बताएका छन् ।

भानु १, २, ३ र ४ का स्थानीयहरुलाई चितुवाले लामो समयदेखि आतंक मच्चाउँदै आएको छ ।

यो अवधिमा यस क्षेत्रमा चितुवाको आक्रमणबाट पाँच जना बालबालिकाको ज्यान गुमाइ सकेका छन् भने ७ जना बालबालिका घाइते भएका छन् ।

चितुवा हेर्नको लागि उक्त स्थानमा सयौं संख्यामा स्थानीयहरु भेला भएका छन् । इलाका वन कार्यालयका कर्मचारी, इलाका प्रहरी कार्यालय भानुका प्रहरी तथा सशस्त्र प्रहरी मनकामना गणबाट आएका प्रहरीहरुले चितुवालाई खोरबाट नियन्त्रणमा लिइ जिल्ला पठाइएको छ ।

यसअघि पनि नगरपालिकाको वडानम्बर २ र ३ मा रखिएको खोरमा ४ वटा चितुवा परिसकेका छन् ।

यो अवधिमा यस क्षेत्रमा चितुवाको आक्रमणबाट ५ जना बालबालिकाको ज्यान गुमाइ सकेका छन् भने ७ जना बालबालिका घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment