+
+
Shares

कास्की- २ मा विद्यालाई ७ हजार मतको अग्रता

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १५ गते १२:५७

१५ मंसिर, पोखरा । कास्की २ को प्रतिनिधिसभा निर्वाचनको मतगणनामा आइतबार दिउँसोसम्म नेकपा उम्मेदवार विद्या भट्टराईले १४ हजार ८ सय ७९ मत ल्याएकी छन् ।

प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार खेमराज पौडेलले ७ हजार ८ सय ५० मत ल्याएका छन् । अहिलेसम्म विद्या ७ हजार २९ मतान्तरले अघि छन् ।

११ वडा रहेको कास्की क्षेत्र नम्बर २ मा अहिलेसम्म वडा ५ वटा वडाको मतगणना भइसकेको छ । वडा नम्बर ३३, २१, २०, १७ र १६ को मतगणना सकिएको छ । अब वडा नम्बर १५ को मतगणना थालिएको छ ।

कास्की क्षेत्र नम्बर २ मा ११ दल र १० स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन् । ७१ हजार ८ सय ७१ जना मतदाता रहेको यो क्षेत्रमा ४५ हजार ५ सय ६३ मत खसेको छ । कुल मतदाता संख्याको ६३ दशमलब ४० प्रतिशत मात्र मत खसेको हो । यहाँ ३२ मतस्थलमा ८२ वटा मतदान केन्द्र थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?