+
+

साग पुरुष भलिबलको उपाधिका लागि भारत र पाकिस्तान भिड्ने

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १५ गते १५:३०

१५ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत पुरुष भलिबलको उपाधिका लागि भारत र पाकिस्तानले प्रतिस्पर्धा गर्ने भएका छन् ।

आइतबार त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानले बंगलादेशलाई ३-० सेटमा पराजित गर्दै उपाधिका लागि भारतसँगको भेट पक्का गरेको हो ।

पाकिस्तानले बंगलादेशलाई २५-१५ २५-२१ २६-२४ ले पराजित गरेको हो । यसअघि आइतबार नै भएको पहिलो सेमिफाइनलमा भारतले श्रीलंकालाई ३-१ को सेटमा पारजित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

Conversation

New Old Popular
Advertisment